"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

वैदेशिक रोजगारमा रहेका नेपालीलाई स्वास्थ्य परामर्श सेवा सुरु

प्रकाशित मिति :  १५ चैत्र २०७९, बुधबार १३:५५


काठमाडौं । वैदेशिक रोजगार बोर्डले विदेशमा रहेका नेपालीलाई आजदेखि स्वास्थ्य परामर्श सेवा दिने भएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीलाई टेलिफोनमार्फत स्वास्थ्य परामर्श सेवा दिन लागिएको हो।

स्वास्थ्य समस्या पहिचान गरी समाधान उपायबारे जानकारी दिने उद्देश्यले यो सेवा सुरू गरिएको छ। चिकित्सकहरूले नै स्वास्थ्य परामर्श सेवा दिनेछन्। आज बिहान १० बजेदेखि टेलिमेडिसिन सेवा सुरू गर्न लागिएको हो। वैदेशिक रोजगार बोर्ड सचिवालयका उपसचिव राजन पौडेलले वैदेशिक रोजगारमा रहेका नेपालीलाई निःशुल्क ‘टेलिमेडिसिन’ सेवा उपलब्ध गराइने बताए।

‘नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरूलाई लक्षित गरेर यो सेवा सुरू गर्न लागिएको हो। जसमा ९८५१३४५७०१ र ९८५१३४५७०२ नम्बरको भाइबर, हृवाट्सएप र इमो वा सामाजिक सञ्जालबाट फोन गरेर परामर्श लिन सकिन्छ,’ उनले भने, ‘कसैलाई औषधि आवश्यक पर्ने भयो भने चिकित्सकहरूले औषधिको नाम सिफारिस गरिदिनुहुन्छ।’

सबै प्रकारका बिरामीले विशेषयज्ञहरुसँग परामर्श गर्न सक्ने पनि उनले बताए। ‘तर जसलाई आकस्मिक उपचार आवश्यक छ, उसलाई उपयुक्त हुँदैन,’ उनले भने।

पछिल्लो समय वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई नसर्ने रोगहरुको प्रकोप धेरै देखिएको छ। मुटु, मिर्गौला, बल्डप्रेसरलगायत समस्या देखिएका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न पहिलो चरणमा विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली सङ्कलन गर्ने भएको

काठमाडौं । सरकारले दौत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक

काठमाडौँ । श्रम स्वीकृतिका लागि स्थानीय तहबाटै आवेदन दिन सकिने भएको छ । श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम,

काठमाडौं । २१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा बसोबास गर्ने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को