"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मिटरब्याज पीडितसँग छलफल गर्न वार्ता टोली गठन

प्रकाशित मिति :  १४ चैत्र २०७९, मंगलवार १३:१९


काठमाडौं । बर्दिबासबाट पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्‍याज पीडितसँग छलफल गर्न वार्ता टोली गठन भएको छ।  गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सहसचिव रूद्रादेवी शर्मा संयोजकत्वमा वार्ता टोली गठन भएको हो। 

टोलीमा गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङसहित प्रधानमन्त्री कार्यालय र कानुन मन्त्रालयका प्रतिनिधि समेत छन्।  मंगलबार बिहान मिटरब्याजी पीडितहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने भन्दै बालुवाटार पुगेका थिए। त्यसबीच गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माको टोली पुगेर उनीहरूसँग वार्ता गरेका थिए। 

त्यसपछि अहिले पुन: वार्ता टोली गठन भएको हो। ‘उहाँहरूले भेट्न खोज्नुभएको थियो। भेट्न जानुअघि उहाँहरूका कुरालाई बुँदागत रूपमा कसरी लाने भन्ने विषयमा हामीले सोधेका छौं,’ गृहका उपसचिव दिलकुमार तामाङले भने, ‘उहाँहरूसँग आज छलफल गर्छौं।’

११ दिन हिँडेर आइतबार मिटरब्याजी पीडितहरू काठमाडौं आइपुगेका हुन्। पटकपटक गरी उनीहरू न्याय माग्न काठमाडौं आउने गरेका छन्। काठमाडौं आएर उनीहरू सुरूमा मातातीर्थमा बास बसेका थिए। सोमबार काठमाडौंको खुलामञ्चमा बास बस्ने तयारीमा थिए। तर महानगरले उक्त ठाउँमा प्रवेश दिएन। उक्त ठाउँमा प्रवेश नदिएपछि उनीहरू खुलामञ्चको पश्चिम गेटबाहिर सडकमै सुतेका थिए। 

यस्तै आज बिहानै उनीहरू प्रधानमन्त्रीलाई भेट्ने भन्दै बालुवाटार पुगेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा एमालेका नेतामाथि आक्रमण गर्नेलाई कानुनी कारबाही गर्ने स्पष्ट पारेका छन्। प्रतिनिधिसभा बैठकमा

काठमाडौँ । सांसदले तराई–मधेसमा केही दिनयता चर्को गर्मीले जीवन कष्टकर भएको जनाउँदै आवश्यक राहतका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहेको छ । सत्तापक्षका सांसदले

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे कनीकुथी विरोध गर्नु उचित नभएको बताए । हुन्न बाँकी सहमतिलाई पनि