"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमाले सचेतक महेश बर्तौलाले नियमापत्ति गरेपछि पूर्णबहादुर खड्काले मागे माफी

प्रकाशित मिति :  26 March, 2023 6:03 pm


काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले आजको प्रतिनिधि सभा बैठकमा नियमापत्ति जनाएपछि नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले माफी मागेका छन्।

सांसद बर्तौलाले प्रतिनिधि सभा नियमावली २० को ६ बमोजिम सभामुखको आसन र बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति छैन भन्ने विषय राखेका थिए।

बर्तौलाले यस्तो कार्य पटक-पटक सत्ता पक्षका सांसदहरूबाट भइरहेको भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका थिए।

लगत्तै सभामुख घिमिरेले सांसदहरूलाई बर्तौलाले उठाएका कुरालाई उचित ध्यान पुर्‍याउन भनेका थिए।

त्यसपछि कांग्रेस सांसद खड्काले बोले। ‘अन्देखाका कारण मान्यज्यूले उल्लेख गर्नुभएअनुसार मैले नियमावलीको उक्त दफालाई उल्लङ्घन गरेँ, त्यसका लागि म क्षमा माग्न चाहन्छु।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलले नक्कली शैक्षिक प्रमाण पेश गरेर सरकारी सेवाको लाभ लिएको अभियोगमा

काठमाडौँ — कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । प्रमुख सचेतक श्याम घिमिरेसहित ७ जनाका तर्फबाट

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ