"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

तनहुँ -१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने कांग्रेसको तयारी

प्रकाशित मिति :  १२ चैत्र २०७९, आईतवार १६:२३


काठमाडौँ ।  वैशाख १० मा हुने उपनिर्वाचनमा तनहुँ-१ मा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार हुने लगभग पक्का भएको छ। गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएसँगै यहाँ उपनिर्वाचन हुँदैछ।

नेपाल विद्यार्थी संघको पूर्वअध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य भट्टराईलाई शनिबार देउवाको अस्थायी निवास धुम्बाराहीमा बसेको पदाधिकारीको बैठकले उम्मेदवार बनाउने निर्णय गरेको बताइएको छ।

सभापति शेरबहादुर देउवाले पनि पदाधिकारी बैठकको निर्णयअनुसार निर्वाचनको तयारीमा लाग्न भट्टराईलाई निर्देशन दिएको उनीनिकट स्रोतले जानकारी दिएको छ।

तर, कांग्रेसमा उम्मेदवार हुन क्षेत्र, जिल्ला हुँदै केन्द्रमा नाम आउनुपर्नेछ। तनहुँका एक नेताका अनुसार अहिलेसम्मे क्षेत्रीय समितिले बैठक राखेर जिल्लामा नामसमेत पठाएको छैन।
तर उम्मेदवार बन्नका लागि भट्टराईसहित १२ नेताले नाम टिपाएका छन्। वैशाख १० मा तनहुँ १ सहित चितवन-२ र बारा- २ मा पनि उपनिर्वाचन हुँदैछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गर्न थालेपछि भ्रष्टहरू अत्तालिन थालेको बताएका

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले ०८४ मा सबैखाले चुनाव जित्ने देखेपछि अरू दलहरूले बाधा

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायत विरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा एमालेका नेतामाथि आक्रमण गर्नेलाई कानुनी कारबाही गर्ने स्पष्ट पारेका छन्। प्रतिनिधिसभा बैठकमा