लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो माओवादी, कांग्रेसका चौधरी मुख्यमन्त्री बन्दै

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएका छन्। नेकपा एमालेका बनेका लिला गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्तासँगै माओवादीबाट मन्त्री बनेकाहरूले राजीनामा दिएका हुन्।
अब यहाँ नेपाली कांग्रेसका संसदीय दलका नेता डिल्ली चौधरी मुख्यमन्त्री बन्नेछन्। चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ सांसदले हस्ताक्षर गरिसकेका छन्। चौधरीले आज मुख्यमन्त्रीको रुपमा दाबी गर्दै प्रदेश प्रमुखको कार्यालयमा पत्र बुझाउँदैछन्।