"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीको भारत भ्रमण वैशाखमा हुने तयारी

प्रकाशित मिति :  १० चैत्र २०७९, शुक्रबार १७:४५


काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण वैशाखमा हुने बताएकी छन्। उनले वैशाख दोस्रो साताभित्रै प्रधानमन्त्रीको भारत भ्रमण हुने बताइन्।

‘प्रधानमन्त्रीको विदेश भ्रमण भारतबाट सुरू हुन्छ, प्रधानमन्त्रीको भारत भ्रमण वैशाखमा हुन्छ भनेर मैले जानकारी दिइसकेको छु,’ नयाँ दिल्लीमा बिहीबार आयोजित एक कार्यक्रमपछि नेपाली दूतावासमा पत्रकारहरूसँग उनले भनिन्।

साथै उनले इन्टरनेशनल टेलिकम युनियनको क्षेत्रीय कार्यालय उद्घाटनका क्रममा प्राविधिक विषयबस्तुमा छलफल गरिएको बताइन्। भारत सरकारसँग भएका छलफलमा आफूले सुनौली नाकाबाहेकका अन्य नाका पनि सहज हुने गरी सञ्चालनमा आउनुपर्ने बताएको उनले जानकारी दिइन्।

उनले भारतबाट नेपालमा फोन गर्दा सहुलियत दिन र नेपालीहरूले सिमकार्ड निकाल्दा सहजता दिन पनि भारत सरकारसँग आग्रह गरेको बताइन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मासँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायर एके सिंहले शिष्टचार भेटवार्ता गरेका छन्। नेपाली सेनाको मुख्यालय

काठमाडौँ । नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ।  मंगलबार बेइजिङमा विदेशमन्त्री वाङ यी र मन्त्री

बेइजिङ (चीन) । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीनको राजधानी बेइजिङ आइपुगेका छन् ।

काठमाडौँ । नेपाल र टोंगा बीच कुटनीतिक सम्बन्ध स्थापना भएको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि तथा