"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ

प्रकाशित मिति :  23 March, 2023 3:35 pm


धनुषा । जनकपुरधाम उपमहानगरपालिका-११ का वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार रायलाई ५० हजार रूपैयाँ घुससहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।

उनीहरूलाई बुधबार जनकपुरधाम-६ को रामजानकी अस्पताल नजिकैबाट पक्राउ गरिएको उनले बताए। उनीहरूले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहवरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस मागेका थिए। घुस मागेको खबर पाएपछि अख्तियारको बर्दिबास टोली खटिएको थियो।

उक्त टोली पुगेर रकमससहित उनीहरूलाई पक्राउ गरेको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलले नक्कली शैक्षिक प्रमाण पेश गरेर सरकारी सेवाको लाभ लिएको अभियोगमा

काठमाडौँ — पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज