"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

त्रिदेशीय फुटवल-नेपालद्वारा लाओस पराजित

प्रकाशित मिति :  23 March, 2023 2:02 pm


काठमाडाैँ । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार दशरथ रंगशालामा नेपालले लाओसलाई २-० ले हराउँदै विजयी सुरुवात गरेको हो ।

नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गर्नुभयो । ३१ औँ मिनेटमा अनन्तले हेडरमार्फत गोल गर्नुभयो भने ५६ औं मिनेटमा नवयुगले  गोल थप्नुभयो । 

खेलमा नेपालका अनन्त म्यान अफ दि म्याच चुनिनुभयो । जितसँगै नेपालले पहिलो खेलमा ३ अंक जोडेको छ । अब चैत १४ गते नेपालले भुटानसँग  खेल्नेछ भने लाओसले चैत ११ गते भुटानसँग खेल्नेछ । 

प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनको विजेता बनेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा

काठमाडौं – लुम्बिनी लायन्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा सुदूरपश्चिम रोयल्ससँग भेट पक्का गरेको छ। दोस्रो

काठमाडौँ — लुम्बिनी लायन्सले सानदार बलिङ गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गरेको छ

काठमाडौँ — सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो सिजन नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल्ने भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट