"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

युक्रेनविरुद्धको लडाइँ रोक्ने पुटिन समक्ष चीनको प्रस्ताव

प्रकाशित मिति :  ७ चैत्र २०७९, मंगलवार १२:२४


एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा भेटवार्ता भएको छ । भेटमा सीले युक्रेनसँगको लडाइँ अन्त्य गर्न प्रस्ताव राखेका थिए । सो प्रस्तावमा रुसी राष्ट्रपति पुटिनले चीनको प्रस्तावलाई सम्मानका साथ हेरेको प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ ।

रुस–युक्रेनबीचको लडाइँ रोक्ने र शान्ति स्थापना गर्ने उद्देश्यले चिनियाँ राष्ट्रपति सी रुस भ्रमणमा गएको बताइएको छ ।

राष्ट्रपति सीले चीन र रुस राम्रो रणनीतिक साझेदार मुलुक भएको भन्दै यो सम्बन्धलाई अझ मजबुत बनाउनुपर्ने बताएका थिए । यसबाट रुस पनि समृद्ध हुने सीको भनाइ थियो ।

सीलाई स्वागत गर्दै पुटिनले भनेका छन्, ‘मलाई थाहा छ व्यक्तिगत रुपमा तपाईं र सबै चिनियाँ मित्रहरु अन्तर्राष्ट्रिय मुद्दाहरुमा निष्पक्ष र सन्तुलित दृष्टिकोण राख्नुहुन्छ ।’

उनीहरुबीच रुसको आगामी चुनावबारे पनि कुराकानी भएको थियो । सो क्रममा चिनियाँ राष्ट्रपति सीले पुटिनलाई आगामी राष्ट्रपति चुनावमा पनि जनसमर्थन प्राप्त हुने विश्वास व्यक्त गरेका थिए । सीले भनेका छन्, ‘मलाई भरोसा छ कि रुसका जनताले राम्रो कामका लागि तपाईंलाई समर्थन गर्नेछन् ।’

पुटिन सन् २००० मा रुसको राष्ट्रपति चुनिएका थिए । दुई पटकसम्म राष्ट्रपति बनिसकेपछि उनी चार वर्षसम्म प्रधानमन्त्री बने । त्यसपछि फेरि सन् २०१२ मा राष्ट्रपति चुनिए । सन् २०१८ मा फेरि अर्को एक कार्यकालका लागि उनी राष्ट्रपति बने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । १८ चैत अर्थात् आइतबार बिहान बस्ने गरी प्रधानमन्त्री

काठमाडौं । सिराहा कर्जन्हाका तत्कालीन नगरप्रमुख गङ्गा पासमानसहित पाँच जनाविरुद्ध एक करोड आठ लाख रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन सरकार प्रयत्नशील रहेको बताएका छन्।

काठमाडौं । सरकारले २२ वटा विभिन्न निर्माण र आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले सार्वजनिक