"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री प्रचण्डले संसद्बाट आज विश्वासको मत लिँदै, कुन कुन दलले दिदै छन् मत ?

प्रकाशित मिति :  ६ चैत्र २०७९, सोमबार १२:४३


काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदै छन्। उनले प्रधानमन्त्री भएपछि संसदबाट दोस्रोपटक विश्वासको मत लिन लागेका हुन्।  प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकबाट उनले विश्वासको मत लिने संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए।

राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच मतैक्यता हुन नसकेपछि नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने परिस्थिति सिर्जना भएको थियो।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। सोही व्यवस्थाअनुरूप प्रधानमन्त्रीले यही चैत १२ गतेसम्ममा विश्वासको मत लिइसक्नुपर्ने हुन्छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल गत पुस १० प्रधानमन्त्रीमा नियुक्त भएका थिए। प्रधानमन्त्री दाहालले पहिलोपटक गत पुस २७ गते सदनबाट ९९ प्रतिशतभन्दा बढी विश्वासको मत प्राप्त गरेका थिए। 

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका सन्दर्भमा पछिल्लो समय तयार भएको गठबन्धनले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सहमति भइसकेको छ। माओवादी केन्द्रसहित नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चालगायतको समर्थन रहने विश्वास गरिएको छ।

प्रधानमन्त्रीलाई  विश्वासको मतका लागि एक सय ३८ सांसदको मत आवश्यक पर्नेछ। प्रतिनिधिसभामा माओवादी केन्द्रको ३२, कांग्रेसको ८८, रास्वपाको १९, जसपा ११, एकीकृत समाजवादी १०, जनमत पार्टी ६, लोसपा चार, नागरिक उन्मुक्तिको चार र जनमोर्चा एक सांसद छन्। 

प्रतिनिधिसभामा एमालेको ७९, राप्रपाको १४, स्वतन्त्र दुई, नेमकिपा र आमजनता पार्टीको एक सांसद छन्। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । विशेष अदालत काठमाडौंले नेसनल गेटवे खरिद प्रकरणमा भएको भ्रष्टाचार मुद्दामा सचिव मधु मरासिनीसहित ८ जनालाई सफाइ दिएको छ।

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा डा. अन्जान शाक्य मनोनीत भएकी छन् । मन्त्रिपरिषद्को सिफारिसका आधारमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले शाक्यलाई

काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । बिहीबार शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद

गोरखा । गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने भएको छ। जिल्लाका