"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधि सभा : नेपाली कांग्रेस सत्तापक्ष र नेकपा एमाले प्रतिपक्षको बेन्चमा

प्रकाशित मिति :  19 March, 2023 10:18 pm


काठमाडौँ  । संसद्को पहिलो ठूलो दल नेपाली कांग्रेस प्रतिनिधि सभामा सत्तापक्षको बेन्चमा सरुवा भएको छ। पुस १० गतेपछि प्रमुख प्रतिपक्षी बनेको कांग्रेस करिब ३ महिनापछि सत्तापक्षको बेञ्चमा सरेको हो।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सत्तापक्षको बेञ्चमा बसेको हो। प्रतिनिधिसभाको बैठक अघि बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सत्तापक्षको बेन्चमा बस्ने निर्णय गरेको थियो।

दोस्रो ठूलो दल नेकपा एमाले भने सत्तापक्षबाट प्रतिपक्षको बेञ्चमा पुगेको छ। एमाले अन्तिम पटक फागुन १५ गते बसेको प्रतिनिधिसभाको बैठकमा सत्तापक्षको बेञ्चमा बसेको थियो।

राष्ट्रपतिको निर्वाचनमा नेकपा एमालेले कांग्रेसलाई समर्थन गरेपछि एमालेले सरकारबाट समर्थन फिर्ता लिएको थियो। एमालेले समर्थन फिर्ता लिएपछि प्रमुख प्रतिपक्षको बेञ्चमा को बस्ने भन्ने विवादका कारण फागुन १७ गते बोलाइएको प्रतिनिधिसभाको बैठक आजसम्मका लागि स्थगित भएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुशीला कार्की नेतृत्वको सरकारमा चार जना मन्त्री थपिएका छन्। उनीहरू चारैजनाले शुक्रबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको

काठमाडौं – सरकारले भदौ २३ र २४ गते भएको घटना जाँचबुझ आयोगको कार्यादेश थप गर्ने निर्णय गरेको छ । सरकार

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सरकारले जनआन्दोलनको मान्यता दिने भएको छ । बुधबार साँझ

ललितपुर- प्रधानमन्त्री सुशीला कार्कीले पछिल्ला वर्षहरूमा भ्रष्टाचार अन्त्य चुनौतीका रूपमा देखा परेको बताएकी छन्। ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा मानवअधिकारको विश्वव्यापी