"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विवादले रोकिएका क्याम्पसहरूमा कहिले हुदै छ स्ववियु चुनाव

प्रकाशित मिति :  ५ चैत्र २०७९, आईतवार १२:२८


काठमाडौं । काठमाडौं उपत्यकाभित्रका ७ वटा आंगिक क्याम्पसहरूमा आज स्ववियु चुनाव नहुने भएको छ। मतदाता सम्बन्धीलगायत विभिन्न विवादका बीच क्याम्पसहरूमा स्ववियु चुनाव रोकिएका छन्।

काठमाडौंको त्रिचन्द्र क्याम्पस, अमृत साइन्स क्याम्पस (अस्कल) प्रदर्शनीमार्गस्थित रत्नराज्य र विश्वभाषा, नेपाल कमर्स क्याम्पस मीनभवन, कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र ललितपुरको पाटन क्याम्पसमा आज स्ववियु चुनाव नहुने त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा. पशुपति अधिकारीले जानकारी दिए।

यी बाहेक त्रिविका आंगिक र सम्बन्धन प्राप्त अन्य क्याम्पसमा बिहान ८ बजेदेखि नै मतदान भइरहेको उनको भनाइ छ। केही क्याम्पसमा भने मतदान सुरू गर्न ढिलाइ भइरहेका छन्। २ आंगिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा भने यसअघि नै सर्वसम्मत रूपमा नेतृत्व चयन भएका थिए।

काठमाडौं उपत्यकाभित्र सत्ता गठबन्धनमा रहेका दलका भ्रातृ संगठनले भागबन्डा गरेर उम्मेदवारी दिएका थिए।  अधिकारीका अनुसार कीर्तिपुरस्थित आयुर्वेद क्याम्पसमा तत्काल स्ववियु चुनाव प्रक्रिया थाल्न उच्च अदालत पाटनले आदेश दिइसकेको छ।

यस्तै त्रिचन्द्र क्याम्पसमा चैत ९ गते स्ववियु चुनाव हुने उनले जानकारी दिए। ‘रोकिएका क्याम्पसमा आपसी समझदारी बनाएर केही समयभित्रै स्ववियु चुनाव गरिन्छ,’ उनले भने।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । हात्तीपाइले रोग नियन्त्रणका लागि सरकारले सात जिल्लामा १६ वैशाख (आइतबार) देखि आम औषधि सेवन अभियान सुरु गर्ने भएको

काठमाडौँ । गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सीआईडीसीए) का अध्यक्ष लु झाउ हुईबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । कालिकोटको महावै गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनराज शाहीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले