"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नयाँ वर्ष २०८० सालको बिदासूची राजपत्रमा प्रकाशन

प्रकाशित मिति :  ३ चैत्र २०७९, शुक्रबार १३:१८


काठमाडौँ । सरकारले २०८० सालको बिदाको सूची राजपत्रमा प्रकाशन गरेको छ।  बिहीबार २०८० साल वैशाख १ गतेदेखि चैत मसान्तसम्मको बिदाको सूची सार्वजनिक गरेको हो।  सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय सार्वजनिक गरेको हो।

यस सूचनामा शनिबार बिदा, पर्व बिदा, महिला कर्मचारीको बिदा, शिक्षण संस्थाको बिदा, जात्रा बिदा, दिवस बिदा, जन्मजयन्ती बिदा, राष्ट्रिय रूपमा मनाइने तर कार्यालय खुल्ने प्रकृतिका दिवसहरू उल्लेख गरिएको छ।

यस वर्ष शनिबार मात्रै ५२ दिन परेको छ।  ६ दिन दिवस बिदा पनि उल्लेख छ। जसमा फागुन १ गते पर्ने ‘जनयुद्ध दिवस’ पनि उल्लेख छ।यस्तै पाँच दिन जन्मजयन्ती बिदा पनि छ। जसमा बुद्ध जयन्ती र पृथ्वी जयन्तीमा सबैलाई बिदा घोषणा गरिएको छ। तीन दिन भने सम्बन्धित धर्मावलम्बीहरूलाई दिइएको छ। 

कार्यालयमा हाजिर हुने समय र छुट्ने समय पनि निर्धारण गरिएको छ। वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपराह्न ५ बजेम्म हुने उल्लेख छ।  कात्तिक १६ देखि माघ १५ गतेसम्म भने बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुने उल्लेख छ।

शुक्रबारको दिन भने बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ने जनाएको छ।   



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडैलले इद पर्वको शुभकामना दिएका छन्। मुस्लिम समुदायले मनाउने इदको अवसरमा ‍शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेसले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई निरन्तर सहयोग रहने प्रतिबद्धता जनाएका छन्

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नगरप्रमुख थापाले

काठमाडौं । सरकारले भोलि सार्वजनिकबिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद)को अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको