"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उपराष्ट्रपति पदका लागि मतदान जारी

प्रकाशित मिति :  ३ चैत्र २०७९, शुक्रबार १०:४१


काठमाडौँ ।  उपराष्ट्रपति चयनका लागि नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा मतदान सुरु भएको छ । निर्वाचन आयोगले मतदानको समय बिहान १० बजेबाट दिउँसो ३ बजेसम्म तोकेको छ। 

उपराष्ट्रपति पदका लागि जनता समाजवादी पार्टी नेपालबाट रामसहाय यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टीबाटै प्रमिला कुमारी र जनमत पार्टीबाट ममता झाको उम्मेदवारी परेको थियो ।

उपराष्ट्रपतिमा उम्मेदवार रामसहायप्रसाद यादवले मतदान गरिसकेका छन् भने अन्य उम्मेदवारहरु अष्टलक्ष्मी शाक्य र ममता झाले सांसद नभएका कारण मतदान गर्न पाउने छैनन् ।

रामसहाय यादव गठबन्धनका साझा उम्मेदवारका रूपमा रहेका छन् भने प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेकी छिन् । गठबन्धनमै रहे पनि जनमत पार्टीले मित्रवत् प्रतिस्पर्धा गर्ने बताएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार नै नतिजा आउने बताएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजेका लागि तय भएको छ । प्रधानमन्त्री निवास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका छन् । काठमाडौंमा सोमबार पूर्वमन्त्री स्वर्गीय नवीन्द्रराज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सदनका

काठमाडौं । सत्ता गठबन्धनको बैठक आइतबार साँझ बस्ने भएको छ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले आइतबार