"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रतिनिधि सभाको बैठक : एमालेको नाराबाजी कायमै, अर्को बैठक फागुन ६ गते बस्ने

प्रकाशित मिति :  16 February, 2022 2:03 pm


संसद् बैठक ५ मिनेट बसेर स्थगित, एमालेको नाराबाजी कायमै

काठमाडौं ।  प्रतिनिधि सभाको अर्को बैठक फागुन ६ गते बस्ने भएको छ। आजको बैठकमा सभामुख अग्नि सापकोटाले अर्को बैठक ६ गते दिउँसो १ बजे बस्ने बताएका हुन्।

आजको बैठक सुरू हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूले नाराबाजी सुरू गरेका थिए।

सभामुख सापकोटाले उनीहरूलाई अवरोध नगरी बैठक चलाउन सहयोग गर्न अनुरोध गरेका थिए। एमाले सांसदहरूले नाराबाजी जारी राखे। एमाले सांसदको नाराबाजीबीच सभामुख सापकोटाले कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुलाई थारू आयोगको तेस्रो प्रतिवेदन पेस गर्न अनुमति दिए।

कानुन मन्त्री बडुले उक्त प्रतिवेदन पेस गरे। त्यसपछि सभामुख सापकोटाले तीन वटा शोक प्रस्ताव संसदमा पेस गरेका छन्। शोक प्रस्ताव पढ्दा एमाले सांसदले नाराबाजी रोकेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन