"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालले पायो अतिकम विकसित देशहरुको ग्लोबल समन्वय ब्यूरोको जिम्मा

प्रकाशित मिति :  २४ फाल्गुन २०७९, बुधबार १२:२५


काठमाण्डौ । नेपालले अतिकम विकसित देश (एलडीसी) को ग्लोबल समन्वय ब्यूरोको अध्यक्षको जिम्मेवारी पाएको छ ।कतारको राजधानी दोहामा भएको अतिकम विकसित देशहरुको पाँचौं अन्तर्राष्ट्रिय सम्मेलनले नेपाललाई ग्लोबल समन्वय ब्यूरोको नेतृत्व प्रदान गरेको हो ।

एक महिनापछि संयुक्त राष्ट्रसंघमा एक समारोहबीच नेपाललाई औपचारिक रुपमा जिम्मेवारी हस्तान्तरण हुनेछ । मार्च ५ तारिख अर्थात् गएको आइतवार देखि दुई दिनसम्म दोहामा भएको सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए ।

सम्मेलनमा नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित देशबाट विकासशील देशमा प्रवेश गर्ने प्रतिबद्धता दोहोर्‍याएको थियो । सम्मेलनमा सहभागी भएर उपप्रधानमन्त्री श्रेष्ठ गएराति स्वदेश फर्कीएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण वैशाखमा हुने बताएकी छन्। उनले वैशाख दोस्रो साताभित्रै

काठमाडौँ । नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको

एजेन्सी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन भारत सरकारसँग आग्रह

काठमाडौँ । विशेष अदालतले नौ सिमेन्ट कम्पनीसहित २७ जनाविरुद्ध परेको भ्रष्टाचार तथा राजस्व चुहावट सम्बन्धी मुद्दामा सफाइ दिएको छ।चुनढुङ्गा खानी उत्खननमा