"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालले युएईलाई दियो २३० रनको लक्ष्य

प्रकाशित मिति :  २२ फाल्गुन २०७९, सोमबार १५:२६


काठमाडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत युएईविरूद्ध नेपालले २३० रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गर्दै खराब सुरूआत गरेको नेपाललका लागि भीम सार्कीले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई सम्मानजनक स्कोरमा पुर्‍याए।

नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएको हो। पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका सार्कीले ९९ बल खेल्दै ७ चौकासहित ७० रन बनाएर आउट भए। उनी ४३ औं ओभरको तेस्रो बलमा रोहन मुस्ताफाको बलमा बोल्ड हुनुअगाडि सन्दीप लामिछानेसँग ५६ रनको साझेदारी गरे भने आरिफ शेखसँग पनि ५६ रनको साझेदारी गरे।

नेपालका लागि कुशल मल्लले ३२, सन्दीप लामिछानेले २७ रन बनाए। यस्तै करण केसीले ११ बलमा १७ रन बनाउँदा ज्ञानेन्द्र मल्ल ११, आरिफ शेख ६, रोहित पौडेल १ र दीपेन्द्र सिंह ऐरीले ४ रन बनाए।  आरिफ शेखले नटआउट ४३ रन बनाउँदा प्रतिश जिसीले नटआउट ११ रन बनाए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । आईसीसी टी-२० विश्वकपको तयारीका लागि वेस्टइन्डिज ‘ए’ विरुद्ध खेल्ने शृंखलाका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ ।

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको छ । प्रतियोगितामा

काठमाडौँ । नेपालको एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटको यात्रा सेमिफाइनलमा रोकिएको छ । निकै खराब ब्याटिङ गरेको नेपाललाई शुक्रबार ओमानमा भइरहेको

काठमाडौँ । नेपालले एसीसी प्रिमियर कप ट्वान्टी २० क्रिकेटको सेमिफाइनलमा यूएईसॅग भिड्ने भएको छ । ओमानमा भइरहेको प्रतियोगिताको अर्को सेमिफाइनल घरेलु