"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई दुईतिहाइ मत

प्रकाशित मिति :  २१ फाल्गुन २०७९, आईतवार १७:३३


धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। शाहले दुईतिहाइभन्दा बढी मत पाएका हुन्। 

५३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ मत आवश्यक पर्छ। शाहले ४१ मत पाएका छन्। उनले आफ्नो पार्टी नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार र स्वतन्त्रबाट निर्वाचित एकजना प्रदेश सभा सदस्यको मत पाएका हुन्।

प्रदेश सभामा १० सदस्य रहेको नेकपा एमाले र एक सदस्य रहेको राप्रपाले विश्वासको मतको विपक्षमा मतदान गरे।

तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दल कांग्रेसको संसदीय दलको नेताको हैसियतले गत २६ माघमा शाह मुख्यमन्त्री नियुक्त भएका थिए।

सरकारको नेतृत्वमा आलोपालोको लिखित सहमति हुनुपर्ने दाबी गर्दै आएको माओवादीले पार्टी केन्द्रको निर्देशनमा प्रदेश सभा बैठक सुरु हुनु केहीअघि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको थियो।

विश्वासको मत दिनका लागि टीकापुर घटनाका बन्दीको रिहा गर्ने लिखित सहमति हुनुपर्ने माग गर्दै आएको नागरिक उन्मुक्ति पार्टीले पनि सरकारलाई मत दिएको छ। लिखित सहमति गर्न तयार नभएको भन्दै नागरिक उन्मुक्तिले मत नदिएपछि यसअघि एमाले नेतृत्वको सरकार ढलेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएका छन्। नेकपा एमालेका बनेका लिला गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्तासँगै माओवादीबाट

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेशसभाको बैठकबाट उनले विश्वासको मत लिएका

पोखरा । नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मुख्यमन्त्री खगराज

हेटौंडा । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने भएको छ । बुधबार दिउँसो काठमाडौंमा बसेको बागमती