"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘कोसी प्रदेश’ नामकरण भएको खुसीयालीमा सार्वजनिक बिदा

प्रकाशित मिति :  १८ फाल्गुन २०७९, बिहीबार १५:३३


काठमाडौँ । प्रदेश नामकरण भएकामा कोसी प्रदेश (साविक प्रदेश १)मा आज (बिहीबार) सार्वजनिक बिदा दिइएको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आजका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

बुधबार मात्रै प्रदेश १ ले आफ्नो प्रदेशको नाम ‘कोसी’ राखेको थियो। बुधबार बसेको प्रदेशसभा बैठकले सो प्रदेशको नाम ‘कोसी प्रदेश’ हुने टुंगो लगाएको हो।

एमालेका सांसद रामबहादुर राना मगरले प्रस्ताव गरेको कोसी प्रदेशमा आवश्यक दुई तिहाइ मत जुटेपछि सोही नाम पारित भएको हो। एमालेको सो प्रस्तावलाई कांग्रेस र माओवादी केन्द्रले समेत साथ दिएका थिए।

बुधबार भएको मतदानमा प्रस्तावको पक्षमा ८२ मत परेको थियो। यस्तै विपक्षमा ४ मत परेको छ भने ६ जना सांसद अनुपस्थित भएका थिए।

एकीकृत समाजवादीका सांसद राजेन्द्रकुमार राईले प्रस्ताव गरेको लिम्बुवान-किराँत-सगरमाथा प्रदेशमाथि भने छलफल नै हुन सकेन। छलफलको प्रस्ताव नै अस्वीकृत भएको थियो। सो प्रस्तावको पक्षमा एकीकृत समाजवादी र जसपा उभिएका थिए।

७ मध्ये ६ वटै प्रदेशले प्रदेश सभाको पहिलो कार्यकालमै नाम टुंगो लगाइसकेको भए पनि प्रदेश १ को भने बाँकी थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएका छन्। नेकपा एमालेका बनेका लिला गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्तासँगै माओवादीबाट

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेशसभाको बैठकबाट उनले विश्वासको मत लिएका

पोखरा । नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मुख्यमन्त्री खगराज

हेटौंडा । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने भएको छ । बुधबार दिउँसो काठमाडौंमा बसेको बागमती