"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ज्येष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरूलाई खोप दिने तयारीमा सरकार

प्रकाशित मिति :  ११ फाल्गुन २०७९, बिहीबार १८:१५


काठमाडौँ । सरकारले कोरोनाविरुद्धको १५ लाख बुस्टर डोज खोप ५५ वर्षभन्दा माथि उमेरका सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ। सरकारले प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, ज्येष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरूलाई खोप लगाउने भएको हो।

गत सोमबार कोरोना भाइरस संक्रममणविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि थप खोप नेपाल आएको थियो। ‘खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) ले कोभ्याक्समार्फत् जर्मन सरकारले उपलब्ध गराएको खोप नेपाललाई उपलब्ध गराएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले पछिल्लो समय कोभिड १९ विरुद्धको १५ लाख डोज खोप उपलब्ध भएको र प्राथमिकताका आधारमा लगाउन पनि सुरु गरिएको बताए। उनले पहिलो मात्रा खोप नलगाएका व्यक्तिलाई पहिलो प्राथमिकतामा राख्ने र बुस्टर डोज लगाउन बाँकी नागरिकलाई प्राथमिकताका आधारमा खोप लगाइने बताए।

सहायक प्रवक्ता अधिकारीले सम्बन्धित खोप केन्द्रहरूमा उपलब्ध हुनेगरी समन्वय गरिसकेको उल्लेख गर्र्दै खोप उपलब्ध भएको खोप केन्द्रबाट खोप कार्यक्रम सञ्चालन भइरहेको बताए। नागरिकले आफ्नो परिचय खुल्ने कागजात लिएर खोप केन्द्र गए सहजै खोप लगाउन सकिने उनको भनाइ थियो।

खोप लगाउन बाँकी र बुस्टर डोज लगाउन बाँकी नागरिकलाई खोप लगाइदिन पनि उनले आग्रह गरे। बिहीबारदेखि काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फाइजरको बुस्टर डोज लगाउन सुरु गरिएको छ। ‘कोभिड १९ विरुद्धको १५ लाख डोज खोप आइसकेको छ’ उनले भने, ‘थप खोप आउँदैछ। त्यो खोप प्राप्त भएपछि हाम्रो भण्डारणमा नभएको अवस्थाबाहेक अब खोप अभियान नियमित सुचारु हुन्छ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आजदेखि बालबालिकालाई भिटामिन ए खुवाइँदैछ । आज बिहीबार र भोलि शुक्रबार दुई दिन सरकारले बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए

काठमाडौँ । नेपालमा सुर्तीजन्य पदार्थको प्रयोग गर्ने सङ्ख्या बढ्दै गएको पाइएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको सर्वेक्षण अनुसार

काठमाडौं । औषधि व्यवस्था विभागले युनिक फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल न्यून गुणस्तरको फेला पारेको छ ।

काठमाडौं । डेंगुको संक्रमण यस वर्ष बर्खा नलाग्दै बढ्न थालेको छ । यो वर्ष जाडो महिनामा समेत संक्रमण शून्यमा नझरेको