"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री दाहाल र चिनियाँ राजदूत छन् सङ विच बालुवाटारमा भेटवार्ता

प्रकाशित मिति :  22 February, 2023 10:36 am


काठमाडौँ । नेपालमा राष्ट्रपति निर्वाचनलाई लिएर विभिन्न समीकरण र नामहरू बाहिर आइरहेको बेलामा नेपालका लागि चिनियाँ राजदूत छन् सङले राजनीतिक भेटवार्तालाई सक्रिय बनाएका छन् । राजदूत छन् बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेका हुन् ।

राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गर्ने समय दिन दुई दिन बाँकी रहँदा राजदूत छन्‌ले नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका हुन् ।

नेपाल आएपछि राजदूत छन्‌को प्रधानमन्त्री दाहालसँग यो दोस्रो भेटवार्ता हो । यसअघि उनीहरूबीच माघ २ मा बालुवाटारमै पहिलो भेटवार्ता भएको थियो । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले भेटवार्ताबारे जानकारी दिँदै राजदूत छन् बोआओ फोरमको निम्तो दिन बालुवाटार आएको बताए । चैत १४ देखि १७ सम्म चीनको हैनान प्रान्तमा हुँदै छ । परराष्ट्र स्रोतका अनुसार उक्त निम्तो दाहाललाई यसअघि नै निम्तो आइसकेको हो र उक्त फोरममा जाने वा नजाने भन्ने निर्णय मन्त्रिपरिषद्ले गर्न बाँकी नै छ ।

राजदूत दाहालले यसअघि शुक्रबार बेलुकी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । त्यसबेला प्रधानमन्त्री दाहालले ओलीलाई भेटेर निस्केलगत्तै चिनियाँ राजदूत छन् ओली निवासमा दूतावासका आफ्ना दुई अधिकारीहरूसहित पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुशीला कार्की नेतृत्वको सरकारमा चार जना मन्त्री थपिएका छन्। उनीहरू चारैजनाले शुक्रबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको

काठमाडौं – सरकारले भदौ २३ र २४ गते भएको घटना जाँचबुझ आयोगको कार्यादेश थप गर्ने निर्णय गरेको छ । सरकार

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सरकारले जनआन्दोलनको मान्यता दिने भएको छ । बुधबार साँझ

ललितपुर- प्रधानमन्त्री सुशीला कार्कीले पछिल्ला वर्षहरूमा भ्रष्टाचार अन्त्य चुनौतीका रूपमा देखा परेको बताएकी छन्। ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा मानवअधिकारको विश्वव्यापी