"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दक्षिण कोरियाली राष्ट्रपतिका विशेष दूत र प्रधानमन्त्रीबीच भेटवार्ता

प्रकाशित मिति :  14 February, 2023 1:21 pm


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका दक्षिण कोरीयाका राष्ट्रपतिका विशेषदूत सुङ मिन जङले मङ्गलबार बिहान शिष्टाचार भेटवार्ता गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त, रासस

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दक्षिण कोरियाली राष्ट्रपतिका विशेष दूत सुङ मिन जङसहितको आठ जनाको टोलीबीच शिष्टाचार भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (मंगलबार) बिहान भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार सो अवसरमा द्विपक्षीय सम्बन्धलाई थप सदृढ बनाउने, आर्थिक सहयोग आदानप्रदानलगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको थियो।

भेटवार्तामा ईपीएसमार्फत् अझ बढी कामदार कोरिया लैजाने, दक्षिण कोरियाबाट नेपालमा प्राप्त सहयोग बढाउने विषयमा पनि छलफल भएको थियो।

आगामी वर्ष नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध सुरु भएको ५० वर्ष पुग्ने भएकाले त्यसलाई भव्यताका साथ मनाउने विषयमा पनि छलफल भएको सचिवालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुशीला कार्की नेतृत्वको सरकारमा चार जना मन्त्री थपिएका छन्। उनीहरू चारैजनाले शुक्रबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको

काठमाडौं – सरकारले भदौ २३ र २४ गते भएको घटना जाँचबुझ आयोगको कार्यादेश थप गर्ने निर्णय गरेको छ । सरकार

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सरकारले जनआन्दोलनको मान्यता दिने भएको छ । बुधबार साँझ

ललितपुर- प्रधानमन्त्री सुशीला कार्कीले पछिल्ला वर्षहरूमा भ्रष्टाचार अन्त्य चुनौतीका रूपमा देखा परेको बताएकी छन्। ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा मानवअधिकारको विश्वव्यापी