"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मन्त्री आलेको सचिवालयले थाल्यो कानुनी परामर्श

प्रकाशित मिति :  ३ फाल्गुन २०७८, मंगलवार १७:०३


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अश्लील शब्द बोलेको भिडियो सार्वजनिक भएको सम्बन्धमा मन्त्री आलेको सचिवालयले कानुनी परामर्श शुरु गरेको बताएको छ ।

मंगलबार सार्वजनिक भिडियो तोडमोड, काँटछाँट गरी भिडियो सार्वजनिक गरिएको भन्दै सचिवालयले प्रहरी प्रशासनसँग अनुरोध गरेको छ । यस विषयमा सचिवालयले कानुनी परामर्श थालिसकेको समेत उल्लेख गरेको छ ।

सचिवालयका अनुसार यो भिडियो पुरानो हो । गत साता मात्रै यस्तो भिडियो सार्वजनिक गर्ने धम्कीको सूचना सचिवालयमा कर्णालीका एक माननीयमार्फत आएको थियो । नक्सालको एक होटलबाट समेत सावधान हुन खबर आएको सचिवालयले उल्लेख गरेको छ ।

एमालेका कार्यकर्ता रहेका ती व्यक्तिले नयाँ गठबन्धन बनेपछि मन्त्री आलेविरुद्ध नकारात्मक कमेन्ट गर्न थालेको समेत सचिवालयले जनाएको छ । उनले आर्थिक सहयोग चाहियो भन्दै बार्गेनिङ गरेको समेत सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सार्वजनिक पद धारणा गरेका छ हजार सात सय पाँच जनाले गत आर्थिक वर्ष २०७९/८० मा आफ्नो सम्पत्ति विवरण नबुझाएको

काठमाडौँ । नेपाली कांग्रेसको अवरोधका कारण गतिरोध उत्पन्न अन्त्य गर्न सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग गरेको छलफल बिनानिष्कर्ष टुंगिएको छ।

काठमाडौँ- सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकलाई छलफलका लागि बोलाएका छन्। दिउँसो २ बजे सिंहदरबारस्थित कार्यकक्षमा सभामुखले कानून,

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा