"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद बैठकमा एमसीसी टेबल गराउने काँग्रेसको निर्णय

प्रकाशित मिति :  ३ फाल्गुन २०७८, मंगलवार १६:४९


काठमाडौं । नेपाली काँग्रेसको बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गराउने निर्णय गरेको छ। मंगलबार बसेको काँग्रेस संसदीय दलको बैठकले बुधबारको प्रतिनिधिसभामा एमसीसी टेबल गराउने निर्णय गरेको एक सांसदले बताए ।

बैठकमा बोल्दै काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको बैठकमा एमसीसी पारित गर्नका लागि टेबल गराउने बताएका थिए । उनले एमसीसीमा एमालेले दोहोर चरित्र देखिएको बताउँदै अरु कम्युनिस्टले पनि दोहोरो चरित्र देखाएको धारणा राखेको ती सांसदको भनाइ छ । यद्यपि यसमा सरकारले मनाउन पहल गर्ने देउवाको भनाइ छ । यस्तै प्रधानन्यायाधीश विरुद्धको महाभियोग पास गर्नका लागि पनि छलफल र परामर्श अघि बढाइने देउवाले बैठकमा बताएका थिए ।

यसैबीच प्रधानमन्त्री देउवाले काँग्रेसको संसदीय दलको बैठकबीचमै सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था समितिको बैठक बोलाउन समेत आग्रह गरेका थिए । कार्यव्यवस्था समितिको बैठकबाट एमसीसी टेबल गर्ने एजेण्डा बनाउन देउवाको आग्रह छ । संसद बैठक भोलि १ बजेका लागि बोलाइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक पनि विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका छन्। शनिबार पार्टी केन्द्रीय

काठमाडौं । सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउनु पर्ने मागमा विपक्षी दलहरू एकमत भएका छन् । शुक्रबार नेपाली कांग्रेसको

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे आफ्नो जिम्मेवारी निर्वाह गर्न चुकेको प्रतिक्रिया जनाएको छ । बिहीबार प्रतिनिधिसभामा प्रमुख

काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल भएको