"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गगन थापाले भने लोकतन्त्रमा के प्रश्न नै गर्न नपाईने हो ?

प्रकाशित मिति :  २५ माघ २०७९, बुधबार १५:१०


काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रेसको बदनामीले लोकतन्त्रमाथि नै खतरा पैदा हुने बताएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने क्रममा पत्रकार सम्मेलन गरेर नेपाली प्रेसको बदनामी हुने गरी अभिव्यक्ति दिएको भन्दै त्यसले लोकतन्त्रलाई नै कमजोर बनाउने बताए । 

नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबार भएको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल विषयक विचार गोष्ठीमा बोल्दै उनले लोकतन्त्रमा प्रेस फ्रिडम र अभिव्यक्ति स्वतन्त्रताको आफ्नै महत्त्व हुने बताए । ‘प्रेस यो व्यवस्थाको अभिन्न अंग हो । यसमा राम्रा अभ्यास पनि छन्, समस्या पनि छन् । २०६२/०६३ को आन्दोलनमा हामीले प्रेसलाई आठौँ दलको रुपमा पनि भन्थ्यौँ,’ उनले भने, ‘तर लोकतन्त्रलाई यहाँसम्म ल्याउने कुरामा नेपाली प्रेसको महत्त्वपूर्ण भूमिका छ । म पनि भन्छु, नेपालको प्रेसले पनि आफ्नोभित्र प्रश्न गरोस्, सुधारहरू पनि गरोस् । तर, प्रेसलाई हामीले ब्ल्याङ्केट डिसक्रेडिट गर्‍यौँ भने त्यसले लोकतन्त्रमाथि नै खतरा पैदा हुन्छ ।’

उनले प्रेस र राजनीतिक दल, नेताका बीचमा एकले अर्काको सुधारको अपेक्षा गर्नु उपयुक्त हुने बताए ।

‘हामीले एकअर्कासँग सुधारको अपेक्षा गर्नु ठीक छ । तर‚ एकले अर्कालाई देखाइदिन्छु भनेर केही हुनेवाला छैन । कसैले केही लेख्यो भनेर पख्लास् भन्नुको अर्थ छैन । प्रेसको स्वतन्त्रता हाम्रा लागि अत्यन्तै महत्त्वपूर्ण कुरा हो,’ उनले भने, ‘प्रेसको फ्रिडमलाई हामीले ख्याल गर्नुपर्ने हुन्छ । प्रेसको फेयर हामीलाई पनि हुनुहुँदैन, र हामीले पनि देखाउनुहुँदैन । विधिको शासनमा प्रेसको आफ्नै स्थान हुन्छ ।’

उनले लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रताको समेत आफ्नै स्थान हुने बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले रास्वपा सरकारमा जानु समयको माग भएको बताएका छन्।उपनिर्वाचन तयारीका लागि चितवन आएका अर्यालले सोमबार पत्रकारहरूसँग

काठमाडौं । सरकारमा सहभागी हुने तयारीमा रहेको नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक चैत १४ गते

काठमाडौँ । देशमा उत्पन्न भईरहेको वर्तमान राजनीतिक अवस्थाप्रति हामी कोही पनि अनभिज्ञ छैनौं । मुलुकमा अकल्पनीय राजनीतिक द्वन्द्वका नयाँ कम्पनहरु अनेकन्

काठमाडौँ ।  वैशाख १० मा हुने उपनिर्वाचनमा तनहुँ-१ मा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार हुने लगभग पक्का भएको छ। गत मंसिर