"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति उम्मेदवारका विषयमा बालुवाटारमा ओली प्रचण्ड छलफल

प्रकाशित मिति :  २१ माघ २०७९, शनिबार १३:२१


काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भेटवार्ता भएको छ। 

एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए। भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियो। 

सत्ता साझेदार दुई दलका शीर्ष नेताको भेटमा गृहमन्त्रालय कसलाई दिने भन्ने विषय तथा राष्ट्रपति उम्मेदवारका विषयमा पनि कुराकानी भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्चको फैसलासँगै गृहमन्त्री पद गुमेपछि अहिले रास्वपाले गृहमन्त्रालय आफैँले पाउनुपर्ने दावी गर्दै आएको छ। 

यो विषयमा सत्ता साझेदार दलले निष्कर्षमा पुग्ने बताएका छन्। त्यस्तै आगामी फागुन २८ गतेलाई राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपति चयनको निर्वाचन हुने तय भएसँगै कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा पनि ओली-प्रचण्डबीच छलफल भएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको

काठमाडौँ ।  सभामुख देवराज घिमिरले लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै देशको समृद्धिका निम्ति सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा जोड

काठमाडौँ । मन्त्रिपरिषद्को सोमबारको बैठकले लगानी सम्मेलनलाई लक्षित गरेर विभिन्न कानुन संशोधन गर्ने अध्यादेश सिफारिस गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक दर्जन भन्दा बढी एक दर्जनभन्दा बढी ऐनहरू अध्यादेशमार्फत संशोधन गर्न लागिएको बताएका छन्।