"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राजमार्गको सडकमै तरकारी फालेर किसानको प्रदर्शन

प्रकाशित मिति :  २० माघ २०७९, शुक्रबार १५:१७


चितवन । स्थानीय उत्पादन नै पर्याप्त भइरहेको समयमा भारतबाट आयात बढेको भन्दै किसानहरू आक्रोशित छन् । भारतीय तरकारीले बजार कब्जा गरेपछि चितवनका किसानहरू तरकारी बोकेर आन्दोलनमा उत्रिएका छन्। टमाटर, काउली, बन्दालगायतका तरकारी बोकेका गाडीसहित नारायणगढ पुगेका किसानहरूले पूर्व-पश्चिम राजमार्ग बन्द गरेर प्रदर्शन गरिरहेका छन्।

विरोधको नेतृत्व गरेका किसान लेखनाथ भुसालले भारतबाट आयात गरिएको तरकारीका कारण स्थानीय किसानले गरेको उत्पादन बिक्री हुन छाडेको बताए। उनले देशमा उत्पादित तरकारीले बजार पाएन, आयात रोकिदिनुपर्यो भनेर सरकारी निकायहरूमा सहयोग माग्दा बेवास्ता गरिएपछि किसानहरू सडकमै पुग्नुपरेको बताए।

भरतपुर-१६ स्थित रेसुङ्गा कृषि फार्मकी सञ्चालक धनु अधिकारीले धेरै प्रयास गर्दा पनि सरकारले नसुनेपछि बाध्य भएर तरकारी फाल्नु परेको बताइन्। अर्का किसान सुसनजंग केसीले कृषि प्रधान देशमा किसानहरू नै सरकारबाट प्रताडित हुनुपरेको बताए। उनले देशमै केही गरौं भनेर कृषिमा लगानी गरेका युवाहरूलाई सरकारले निराश पारेको बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो चौमासिक समीक्षा अवधिसम्ममा अर्थ मन्त्रालयको कार्यसम्पादन र निर्धारित लक्ष्यको उपलब्धि औसत देखिएको

महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका सातवटै प्रदेशमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले प्रथम वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले विविध कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाएको हो