"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मलेसियाद्वारा श्रम सम्झौता नवीकरण गर्न नेपाललाई प्रस्ताव

प्रकाशित मिति :  २० माघ २०७९, शुक्रबार १४:५५


काठमाडौँ । मलेसियाले घरेलु क्षेत्रमा नेपाली कामदारलाई पठाउने गरी श्रम सम्झौता नवीकरण गर्न शुक्रबार प्रस्ताव राखेको छ । २०७५ कात्तिक ११ गते नेपाल र मलेसियाबीच भएको श्रम सम्झौतामा घरेलु कामदार पठाउने विषय उल्लेख छैन ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालको नेतृत्वमा काठमाडौंको सोल्टी होटलमा भएको द्वीपक्षीय बैठकमा मलेसियाको तर्फबाट मलेसियन गृहमन्त्री फुद्दिन नासुसन इजमाइलले घरेलु कामदार पठाउन प्रस्ताव राखेको हो । नेपालले यो प्रस्तावलाई नेपाल र मलेसियाको संयुक्त प्राविधिक बैठकमा एजेन्डा बनाउन तयार भएको छ । यो बैठक तीन महिनाभित्र राख्न मलेसिया तयार भएका छन् ।

‘मलेसियाले घरेलु कामदारलाई पठाउन राखेको प्रस्तावलाई संयुक्त प्रविधिक समितिको बैठकमा राखेर टुंगाउन तयार भएका छौं,’ बैठकमा सहभागी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता कविराज उप्रेतीले इकान्तिपुरलाई भने ।

बैठकमा मलेसियाले तुरुन्तै ५ लाख विदेशी कामदार लैजान ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेसन प्लान’ ल्याएको बारे नेपाललाई औपचारिक रुपमा जानकारी दिएको छ । ‘हामी तुरुन्तै ५ लाख विदेशी कामदार लैजान्छौं । यसमा नेपाली कामदारलाई उच्च प्राथमिकतामा राखेका छौं,’ मलेसियन गृहमन्त्रीको भनाइ उद्धत गर्दै उप्रेतीले भने,‘त्यसको लागि हाम्रो गृह र मानव संशाधन मन्त्रालयबीच लाग्ने समय घटाएका छौं । यो व्यवस्थापनलाई अझ सहज र चुस्त बनाएका छौं ।’

बैठकमा ५ लाख विदेशी कामदारमध्ये नेपालीबाट लैजाने संख्या भने स्पष्ट तोकिएन ।

मलेसियन पक्षले कम्पनी छाडेर वा भिसाको म्याद समाप्त भएपछि पनि बसिरहेका अलेखबद्ध (गैरकानुनी हैसियत भएका) कामदारलाई पुनः कानुनी हैसियतमा ल्याउने गरी नयाँ कार्यक्रम ल्याएको जानकारी दिइएको थियो । ‘अन्य देशका नागरीकको तुलनामा मलेसियामा नेपाली नागरिकहरु एकदमै कम अलेखबद्ध हैसियतमा बसिरहेका छन् । उनीहरुमाथि धेरैको मुद्दामामिला छैन’, मलेसियन पक्षको भनाइ थियो,‘उनीहरुले पुन: आफ्नो हैसियतलाई वैधानिक बनाउन पाउने बाटो खुल्ला भएको छ ।

बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री अर्यालले नेपाल र मलेसियाबीच भएको श्रम सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्न मलेसियाको सहयोग गर्नुपर्ने वताए । ‘शून्य लागतमा कामदार जान पाउने गरी भएको श्रम सम्झौताको प्रभावकारी हुनुपर्छ भन्नेमा हामी दृढ छौं । यसमा मलेसियाले पनि आफ्नो तर्फबाट सक्दो सहयोग हुनेछ भन्नेमा हामी आशावादी छु,’ मन्त्री अर्यालले भने ।

नेपालले मलेसियामा कार्यरत सबै नेपाली कामदारलाई सामाजिक सुरक्षा कार्यक्रम (सोस्को)मा समेट्नका लागि अनुरोध गरेको छ । बैठकमा नेपाली सुरक्षागार्डको अवस्थाबारे पनि छलफल भएको छ । श्रम मन्त्रालयले नेपालबाट प्रहरी, सेना र सशस्त्र प्रहरी छिट्टै अवकाश पाउने हुँदा उचित तलब सेवा सुविधा दिइ सुरक्षा गार्डमा आकर्षित गर्नुपर्नेमा जोड दिइएको थियो । ‘हामीसँग तालिमयुक्त सुरक्षाकर्मीहरु छन् । उनीहरुले उचित सेवा सुविधा भएमा मलेसियाको रोजगारीमा आकर्षित हुनेछ,’ मन्त्री अर्यालको जोड थियो, ‘सीपयुक्त जनशक्ति उत्पादनमा नेपालको सधैं जोड छ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । वैदेशिक रोजगार कार्यालय ताहाचल अब दैनिक तीन सिफ्टमा सञ्चालन हुने भएको छ। श्रम स्वीकृतिमा ढिलाइ नगर्न श्रम,रोजगार तथा सामाजिक

काठमाडौं । सरकारले जापानमा ‘स्पेसिफाइड स्किल वर्कर’ (एसएसडब्ल्यू) श्रमिकको माग ल्याउने र श्रमिक पठाउने जिम्मा म्यानपावर कम्पनीलाई नै दिएको छ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि बेलायत जान ७१ नर्स अन्तर्वार्ताका लागि छनोट भएका छन्। वैदेशिक रोजगार विभागले ७१ जनाको नाम सार्वजनिक

काठमाडौं । युरोपियन मुलकु रोमानियासँग नेपालले श्रम सम्झौता गरेको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्री शरत सिंह भण्डारी