"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदीय प्रक्रिया बुझाउन सांसदलाई प्रशिक्षण दिदै सचिवालय

प्रकाशित मिति :  १८ माघ २०७९, बुधबार १३:२८


काठमाडौँ । संसद सचिवालयले प्रतिनिधिसभाका सांसदलाई संसदीय प्रक्रियाको जानकारी दिन दुई दिन तालिम दिने भएको छ । सचिवालयले सांसदहरुलाई आचारसंहिता, संसदीय मर्यादा, कानुन निर्माण प्रक्रिया, सार्वजनिक नीति, सचिवालयबाट पाउने सुविधा र सांगठनिक स्वरुपको बारेमा जानकारी दिन लागेको हो ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहीबार र शुक्रबार सांसदहरुलाई प्रशिक्षण दिन लागिएको हो । प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये १ सय ४२ जना पहिलो पटक संसद्मा प्रवेश गरेकाले संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी जानकारी दिन प्रशिक्षण कार्यक्रम राखिएको सचिवालयका सचिव रोजनाथ पाण्डेले बताए ।

बिहीबार एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसदीय मर्यादा र सांसदको भूमिकामाथि प्रशिक्षण दिने छन् । त्यस्तै पूर्वउपसभामुख पुष्पा भुषालले संसदीय प्रक्रिया र अभ्यासको बारेमा कक्षा लिने छिन् । उनले सभामा शून्य र विशेष समयको सदुपयोग कसरी गर्ने ? प्रश्नोत्तर कार्यक्रम, सभामा प्रस्तुत हुने प्रस्ताव साथै निर्णय गर्ने प्रक्रियाबारे पनि जानकारी दिइने कार्यक्रम तय गरिएको छ ।

संविधानसभाका सदस्य खिमलाल देवकोटाले संसदीय समिति प्रणाली, अभ्यास र संसदीय निगरानीको बारेमा प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ । उनले संसदीय समितिको सैद्धान्तिक पक्ष, संसदीय निगरानी, समितिको कार्यक्षेत्र, समिति र सरकारबीचको अन्तरसम्बन्ध, समितिको प्रभावकारिता लगायत विषयमा प्रशिक्षण दिने कार्यक्रम बनाएको सचिवायलले जनाएको छ ।

शुक्रबार पूर्वअर्थमन्त्री युवराज खतिवडाले बजेट तर्जुमा, निर्माण प्रक्रिया, आर्थिक कार्यविधि र संसदको भूमिकाबारे प्रशिक्षण दिने छन् । त्यस्तै कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेलले कानुन निर्माण प्रक्रियाको बारेमा जानकारी दिने छन् ।

नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष विष्णुराज उप्रेतीले राष्ट्रिय नीति, सरकारका नीति तथा कार्यक्रम, नीति कार्यक्रम तथा बजेटको बारेमा जानकारी दिने कार्यक्रम राखेको छ । सचिव पाण्डेले सचिवालयको सांगठनिक संरचना र सेवा प्रवाहको जानकारी दिने छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जनालाई रिहा गर्न अस्वीकार गरेको छ ।

काठमाडौं । सरकारले विद्यमान कानुन र संरचनाबाट सहकारीको समस्या समाधान गर्न सम्भव नभएको निष्कर्ष निकालेको छ । सहकारी पीडितको समस्या

काठमाडौं । १५ वैशाखमा इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेशसभा उपनिर्वाचनका लागि बुधबार रातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता