"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

क्रिकेटर लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेशविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रकाशित मिति :  १७ माघ २०७९, मंगलवार १८:०६


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता भएको छ। मंगलबार महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावेदन दर्ता गराएको हो। 

‘आजै दर्ता गराएका छौँ। थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्नेमा धरौटीमा रिहा गरिएकाले थुनामै राखी पुर्पक्ष गर्नुपर्ने मागसहित पाटनको आदेशविरुद्ध निवेदन दर्ता भएको हो,’ कार्यालयका प्रवक्ता तथा सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले भने।

मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा ६७ (१)को अवस्था रहँदारहँदै पनि धरौटीमा रिहा गरेको भन्दै पुनरावेदन दर्ता भएको हो। उक्त दफाअनुसार तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्ने कसुर तथा त्यस्तो कसुरको उद्योग वा मतियार भएको कसुरमा पनि अभियुक्त थुनामा राख्ने आदेश हुन्छ। 

साथै, तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिने भएमा वा कसुरदार हो भन्ने विश्वास गर्ने कुनै मनासिब आधार भएमा अदालतले त्यस्तो अभियुक्तलाई कारण खुलाई पुर्पक्षका लागि थुनामा राख्ने कानुनी व्यवस्था छ। तर, उच्च अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले २८ पुसमा लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो।

क्रिकेटर लामिछानेले ५ भदौमा आफूमाथि बलात्कार गरेको भन्दै एक किशोरीले गौशाला प्रहरीमा उजुरी दिएपछि हाल काठमाडौं जिल्ला अदालतमा यो मुद्दा विचाराधीन छ। थुनामै बसेर उक्त मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेश १८ कात्तिकमा काठमाडौं जिल्ला अदालतले दिए पनि उच्चले त्यसलाई उल्ट्याएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जनालाई रिहा गर्न अस्वीकार गरेको छ ।

काठमाडौं । सरकारले विद्यमान कानुन र संरचनाबाट सहकारीको समस्या समाधान गर्न सम्भव नभएको निष्कर्ष निकालेको छ । सहकारी पीडितको समस्या

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा डा. अन्जान शाक्य मनोनीत भएकी छन् । मन्त्रिपरिषद्को सिफारिसका आधारमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले शाक्यलाई

काठमाडौैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभूति गर्न सकिने बताएका छन् । मंगलबार आयोजित