"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भ्रष्टाचार सूचकांक : नेपाल ११०औँ स्थानमा, अघिल्लो वर्षको तुलनामा सामान्य सुधार

प्रकाशित मिति :  १७ माघ २०७९, मंगलवार १२:१५


काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई)द्वारा आज Corruption Perceptions Index (CPI) 2022 भ्रष्टाचार अवधारणा सूचकांक  सार्वजनिक गरिएको छ ।

यस वर्ष सूचकांकमा  डेनमार्क ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया १२ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा सूचीकृत भएका छन् ।

यस सूचकांकमा  १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट जनाउँछ भने ५० भन्दा कम अंक (स्कोर) प्राप्त भएमा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा मानिने गरिएको छ । यस वर्षको औसत अंक ४३ रहेको र विश्वका दुईतिहाई मुलुकमा भ्रष्टाचार गम्भीर समस्याको रूपमा रहेको उल्लेख गरिएको छ ।  

सिपिआई २०२२ मा नेपाललाई १०० मा ३४ अंक  (११) औँ स्थान दिइएको छ । सन् २०२१ मा ११७औँ मा रहेकोमा २०२२ मा ११०औँ स्थानमा रहेको थियो ।CPI 2021 मा नेपालको अंक ३३ (११७औँ स्थान) रहेको थियो । नेपालको अंकमा केही सुधार भए तापनि भ्रष्टाचारव्याप्त मुलुकहरूको श्रेणीमै कायम रहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने भएको छ।  सडक निर्माणमा लागिरहेको चिनियाँ ठेकेदार कम्पनी अनहुइ

काठमाडौं । हात्तीपाइले रोग नियन्त्रणका लागि सरकारले सात जिल्लामा १६ वैशाख (आइतबार) देखि आम औषधि सेवन अभियान सुरु गर्ने भएको

काठमाडौँ । गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सीआईडीसीए) का अध्यक्ष लु झाउ हुईबीच शिष्टाचार भेटवार्ता