"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालले छिमेकीहरूसँग आर्थिक सहकार्य गर्न उपमन्त्री नुल्यान्डको सुझाव

प्रकाशित मिति :  १६ माघ २०७९, सोमबार १७:४२


काठमाडौँ । नेपाललाई सबै छिमेकीहरूसँग आर्थिक सहकार्य गर्न अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डले सुझाव दिएकी छन् । उनले नेपालले छिमेकी मुलुकहरूसँग आर्थिक सहकार्य गर्दा महत्त्वपूर्ण पक्षको रुपमा आफ्नो सार्वभौमसत्ता रक्षा गर्ने विषयमा ध्यान दिनुपर्ने बताएकी हुन् ।

नेपालको दुईदिने भ्रमणमा आएकी उपमन्त्री नुल्यान्डले सोमबार पाटनमा आयोजित पत्रकार सम्मेलनमा भनिन्, ‘छिमेकीहरूसँग आर्थिक सहकार्य गर्दा त्यसमा कुनै पनि भ्रष्टाचार नहोस् । सबै कुराहरू पारदर्शी होऊन् । नेपालले सबै आफ्ना छिमेकीहरूसँग बनाएको सुमधुर सम्बन्धलाई हामी स्वागत गर्दछौं ।’

उनले अमेरिकाको भारतसँग साँच्चै बलियो सम्बन्ध रहेको बताउँदै नेपालको अर्को छिमेकी राष्ट्र चीनसँग पनि अमेरिकाको सम्बन्ध सुमधुर रुपमा अघि बढिरहेको उनले उल्लेख गरिन् । ‘चीनको कुरा गर्दा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङले नोभेम्बरमा भेटवार्ता गरेका थिए । आगामी साता चीनसँग अमेरिकाको अझ बढी संलग्नताहरू हुँदै छन्,’ उनले भनिन् ।

उपमन्त्री नुल्यान्डले अमेरिकाले एउटा वा अर्को (देश रोज्ने) भन्नेबारे धारणा नराख्ने बताइन् । ‘त्यसैले एउटा वा अर्कोबारे भन्ने होइन, यो भनेको नेपालको आफ्नो लोकतन्त्र र समृद्धिका लागि हो,’ उनले भनिन्, ‘धेरै मौकाहरू छन् । तर‚ हामी जहाँ जे गरिरहेका छौं, तपाईं (नेपाल) का जनता र अमेरिकी जनतालाई फाइदा होस् तथा दुवै मुलुकको लोकतान्त्रिक सम्बन्ध बलियो बनोस् भन्ने उद्देश्य हो ।’ उपमन्त्री नुल्यान्डले अमेरिकाले नेपालमा जे गरे पनि सहकार्य र आर्थिक सम्बन्धलाई बलियो बनाउन चाहेको उल्लेख गरिन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सीआईडीसीए) का अध्यक्ष लु झाउ हुईबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । सरकारले विद्यमान कानुन र संरचनाबाट सहकारीको समस्या समाधान गर्न सम्भव नभएको निष्कर्ष निकालेको छ । सहकारी पीडितको समस्या

काठमाडौं । १५ वैशाखमा इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेशसभा उपनिर्वाचनका लागि बुधबार रातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता