"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

२०८० सालको विद्यालय तहको शैक्षिक सत्र वैशाख १ देखि

प्रकाशित मिति :  १५ माघ २०७९, आईतवार १५:०५


काठमाडौं । आगामी २०८० को विद्यालय तहको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुनेभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार कोरोना महामारीले बिथोलेको शैक्षिक सत्र आगामी वर्षदेखि वैशाख १ गतेदेखि नै हुने जानकारी दिए । मन्त्रालयले एक वर्षअघि नै गरेको निर्णयलाई अहिले पुनः जानकारी मात्र गराएको उनको भनाइ छ ।

उनले भने, “२०८० सालदेखि शैक्षिक सत्र पुरानै तरिकाबाट वैशाख १ गतेदेखि सुरु गर्ने मन्त्रालयको निर्णय थियो । अहिले धेरै विद्यालयको चासो विद्यार्थी अभिभावकलाई पनि चासोको भएका कारण अहिले पुनर्ताजकी मात्र गराएका हौँ ।”

पहिले कोरोना महामारीका कारण २०७७ को शैक्षिक सत्र सरेर २०७८ को जेठसम्म चलेको थियो । २०७८ को शैक्षिक सत्र असारदेखि २०७९ को वैशाखसम्म चल्यो । २०७९ को जेठदेखि चलेको शैक्षिक सत्र भने चैतमै सकेर आगामी सालको वैशाख १ गतेदेखि पुरानै तरिकाले शैक्षिक सत्र सुरु गर्ने तयारी मन्त्रालयको रहेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं। नेपालको साक्षरता दर ७६ प्रतिशत पुगेको छ । साक्षरता दर पुरुषको भन्दा १४.२ प्रतिशत कम महिलाको छ । केन्द्रीय

काठमाडौं । काठमाडौं उपत्यकाभित्रका ७ वटा आंगिक क्याम्पसहरूमा आज स्ववियु चुनाव नहुने भएको छ। मतदाता सम्बन्धीलगायत विभिन्न विवादका बीच क्याम्पसहरूमा

काठमाडौँ । फागुन महिनामा झण्डै १४ हजार विद्यार्थीले ‘नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)’ लिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार १३

काठमाडौं । काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा चैत ९ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएको छ । स्ववियु निर्वाचन समितिका