"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारतले ७४ औं गणतन्त्र दिवस मनाउँदै

प्रकाशित मिति :  १२ माघ २०७९, बिहीबार १२:११


एजेन्सी । छिमेकी मुलुक भारतले आज विविध कार्यक्रम गरी आफ्नो ७४ औं गणतन्त्र दिवस मनाउँदैछ। यसै अवसरमा राजधानी नयाँ दिल्लीस्थित कर्तव्यपथमा सरकारले भव्य कार्यक्रमको आयोजना गरेको छ। 

इजिप्टका राष्ट्रपति अब्देल फतह अल सीसीलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरेको कार्यक्रममा इजिप्टको सेनाले पनि परेड गर्नेछ।सन् १९५० मा आजकै दिन (जनवरी २६) मा भारत गणतन्त्र घोषित भएको थियो। 

ब्रिटिस उपनिवेशबाट १९४७ को अगस्ट १५ मा स्वतन्त्र भएको भारतमा सन् १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको थियो।

भारतको संविधानसभाले १९४९ को नोभेम्बर २६ मा अपनाएको संविधानले ‘भारत सरकार ऐन, १९३५’ लाई विस्थापित गरेसँगै भारत गणतन्त्रको युगमा प्रवेश गरेको हो।​ त्यसयता भारतले हरेक वर्ष जनवरी २६ लाई गणतन्त्र दिवसका अवसरमा मनाउँदै आएको छ।

राजेन्द्र प्रसाद भारतको पहिलो राष्ट्रपति हुन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी, वीवीसी । दक्षिण कोरियामा प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टी (डिपीके) ले आम चुनावमा बहुमत प्राप्त गरेको छ। बुधबार भएको

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेसले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई निरन्तर सहयोग रहने प्रतिबद्धता जनाएका छन्

काठमाडौं । भारतको अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई १५ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ । राउज रेभेन्यू

काठमाडौं / एजेन्सी। प्रवर्तन निर्देशनालय (ईडी)को टोलीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ । केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग