"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

न्युजिल्यान्डमा ज्यासिन्डा अर्डनको राजीनामा, हिपकिन्स बने नयाँ प्रधानमन्त्री

प्रकाशित मिति :  ११ माघ २०७९, बुधबार १८:०७


ऐजेन्सी । ज्यासिन्डा अर्डनले प्रधानमन्त्री पदबाट अघिल्लो हप्ता अनपेक्षित राजीनामा दिएपछि क्रिस हिपकिन्स न्युजिल्यान्डको नयाँ प्रधानमन्त्री बनेका छन् । नवनियुक्त प्रधानमन्त्री हिपकिन्सले बुधबार पद तथा गोपनियताको सपथ लिएका हुन् ।

ज्यासिन्डा नेतृत्वको सरकारमा कोरोना महामारी नियन्त्रण तथा पुलिस मन्त्री रहेका ४४ वर्षीय हिपकिन्सलाई न्युजिल्यान्डको लेबर पार्टीले दलको नेता र संसदले देशको नयाँ प्रधानमन्त्रीका रूपमा चयन गरेको छ । ज्यासिन्डा गत हप्ता मात्रै आफूसँग देश चलाउनका लागि थप केही नभएको भन्दै प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।

सन् २०१७ मा प्रधानमन्त्री निर्वाचित भएकी ज्यासिन्डा विश्वको सबभन्दा कम उमेरकी प्रधानमन्त्रीका रूपमा चर्चामा रहेकी थिइन् । उनी प्रधानमन्त्री हुँदा ३७ वर्षकी थिइन् भने लेबर पार्टीको तेस्रो तहकी नेतृ थिइन् । न्युजिल्यान्डमा आगामी अक्टोबरमा हुन लागेको आम निर्वाचन अगावै उनले पदबाट राजीनामा दिएकी हुन् ।

नयाँ नियुक्त भएका प्रधानमन्त्री हिपकिन्स यसअघि न्युजिल्यान्डका शिक्षामन्त्री थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी, वीवीसी । दक्षिण कोरियामा प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टी (डिपीके) ले आम चुनावमा बहुमत प्राप्त गरेको छ। बुधबार भएको

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेसले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई निरन्तर सहयोग रहने प्रतिबद्धता जनाएका छन्

काठमाडौं । भारतको अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई १५ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ । राउज रेभेन्यू

काठमाडौं / एजेन्सी। प्रवर्तन निर्देशनालय (ईडी)को टोलीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ । केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग