"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आवश्यक कानुन निर्माण गर्न संसद् तयार : सभामुख घिमिरे

प्रकाशित मिति :  ११ माघ २०७९, बुधबार ११:२८


काठमाडौँ । सभामुख देवराज घिमिरेले जिल्ला समन्वय समितिलाई आवश्यक कानुन निर्माण गर्न सङ्घीय संसद् तयार रहेको बताउनुभएको छ । जिल्लाभित्र भएका स्थानीय तह र अन्य कार्यालयसँग आवश्यक समन्वय र सहकार्य गर्ने महत्त्वपूर्ण भूमिका भएको जिससलाई कानुन निर्माण गरेर सहयोग गर्न संसद् तयार रहेको स्पष्ट पार्नुभयो । 

जिल्ला समन्वय समिति महासङ्घ नेपालको २८औँ स्थापना दिवसको अवसरमा मङ्गलबार ललितपुरमा आयोजित कार्यक्रममा उहाँले सङ्घ र प्रदेश सभाले जिससलाई आवश्यक पर्ने कानुन निर्माण गरेर सहयोग गर्न प्रतिनिधि सभा सधैँ तयार रहेको बताउनुभयो । सङ्घीयतालाई प्रभावकारी कार्यान्वयन गर्न तीनै तहको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गर्दै उहाँले कानुनको अभावमा कुनै पनि निकायले संविधानले दिएको अधिकार प्रयोग गर्नबाट वञ्चित हुन नहुने उल्लेख गर्नुभयो । 

सबै जिससलाई एकजुट गराउने काममा जिसस महासङ्घको भूमिका प्रभावकारी रहेको चर्चा गर्दै सभामुख घिमिरेले महासङ्घलाई जनशक्ति र आर्थिक रूपमा सक्षम बनाउनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा महासङ्घको गत पुसमा सम्पन्न चौथो राष्ट्रिय परिषद्बाट नवनिर्वाचित ३५ सदस्यीय नयाँ कार्यसमितिलाई शपथग्रहण गराइएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सीआईडीसीए) का अध्यक्ष लु झाउ हुईबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जनालाई रिहा गर्न अस्वीकार गरेको छ ।

काठमाडौं । सरकारले विद्यमान कानुन र संरचनाबाट सहकारीको समस्या समाधान गर्न सम्भव नभएको निष्कर्ष निकालेको छ । सहकारी पीडितको समस्या

काठमाडौं । १५ वैशाखमा इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेशसभा उपनिर्वाचनका लागि बुधबार रातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ