"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनल प्रमुख प्रबन्धक कार्यकक्षबाट पक्राउ

प्रकाशित मिति :  १० माघ २०७९, मंगलवार ११:१९


काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्‍डयन कार्यालय, आन्तरिक टर्मिनल व्यवस्थापन शाखाका प्रमुख प्रबन्धक पूर्णप्रसाद चुडालको कार्यकक्षबाट ८ लाख रूपैयाँ बरामद भएको छ।

नवौं तहका कर्मचारी चुडाललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सोमबार उनकै कार्यकक्षबाट पक्राउ गरेको हो। पक्राउ गरी कार्यकक्षमा खोजी गर्ने क्रममा दराजबाट स्रोत नुखलेको ८ लाख रूपैयाँ बरामद भएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। 

चुडालले विमानस्थलको आन्तरिक टर्मिनलसम्म आवतजावत गर्न पास उपलब्ध गराएर सहजीकरण गरिदिएको भन्दै सेवाग्राहीसँग साढे एक लाख रूपैयाँ मागेका थिए।

घुस मागेको भन्ने सूचना पाएपछि अख्तियार कार्यालय टंगालबाट टोली खटिएको थियो। प्रवक्ता भण्डारीका अनुसार चुडालले उक्त घुस रकम लिइसकेपछि अख्तियारको टोली पुगेको थियो। 

घुस लिएपछि कार्यकक्षमा चेक गर्दा दराजबाट स्रोत नखुलेको ८ लाख बरामद भएको हो। रकमसँगै विभिन्न ब्रान्डका ९ वटा मदिराका बोतल, ५ वटा मोबाइल र एउटा डायरी पनि बरामद भएको छ।

उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिंचाइ तथा ऊर्जा विकास कार्यालय मुगुका प्रमुख राजिव रिमालसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नगरप्रमुख थापाले

काठमाडौं । लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराई र उनकी आमाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।अख्तियार दुरुपयोग