"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त

प्रकाशित मिति :  ९ माघ २०७९, सोमबार १९:०९


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेका छन् । प्रधानमन्त्री दाहालले श्रेष्ठलाई सोमबार राष्ट्रिय योजनाको उपाध्यक्षमा नियुक्त गरेर पद तथा गोपनियताको शपथग्रहण पनि गराएका छन् ।

प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनहरि तिमिल्सिनाका अनुसार राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त भएका श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पद तथा गोपनियताको शपथ ग्रहण गराइएको हो ।

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकका रूपमा काम गरिसकेका श्रेष्ठ म्याग्दीका स्थायी बासिन्दा हुन् । उनी यसअघि पनि दाहाल प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै सङ्घर्ष र आन्दोलनबाट प्राप्त दूरगामी महत्वका उपलब्धिको रक्षा गर्दै निराशा चिर्ने र भरोसा

काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छिन् । बिहीबार उपाध्यक्ष अर्यालले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई राजीनामा बुझाएकी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । १८ चैत अर्थात् आइतबार बिहान बस्ने गरी प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन सरकार प्रयत्नशील रहेको बताएका छन्।