"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रदेशमा मन्त्रालय घटाएर, खर्चभार कटौती गर्ने योजनामा छौँ : प्रधानमन्त्री दाहाल

प्रकाशित मिति :  ९ माघ २०७९, सोमबार १३:२३


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेशहरूमा मन्त्रालयको संख्या घटाउने बताएका छन्। उनले मन्त्रालय संख्या घटेसँगै खर्चभार कटौती हुँदै जाने बताए। प्रदेशहरूमा मन्त्रालय संख्या घटाउन आफूले प्रस्ताव गरेको र केही प्रदेशमा मन्त्रालय संख्या घटाउने कामसमेत भइसकेको उनको भनाइ छ।

सोमबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल लगायतसँग भएको भेटमा प्रधानमन्त्री प्रचण्डले प्रदेशमा धेरै मन्त्रालय नबनाउन आग्रह पनि गरेका थिए।

‘प्रदेशहरू आफैंमा स्वायत्त तह हुन्। उनीहरूले कसरी काम गर्ने भन्ने कुरा संविधानमा नै प्रष्ट छ। त्यसमा केन्द्रले अनावश्यक हस्तक्षेप गर्नु हुँदैन, हामीले गर्दैनौँ पनि। तर प्रदेशका संरचना भद्दा हुँदा प्रशासनिक खर्च बढेको, वित्तिय सुशासन कायम हुन नसकेको जनगुनासोबारे हामी सचेत छौँ। यसलाई पारदर्शी र मितव्ययी बनाउन जरूरी छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

उनले सत्ता साझेदार दलहरूको बैठकमा पनि प्रदेशलाई चुस्त बनाउने र वित्तिय सुशासन कायम गर्नेबारे प्रस्ताव गरेको बताएका थिए। यसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीलगायत सत्ता साझेदार दलका शीर्ष नेता सहमत रहेको उनको भनाइ थियो।

‘हामीले प्रदेशमा सांसद संख्याको १० प्रतिशत मात्र मन्त्री बनाउने निर्णय गरेका छौँ। सोहीअनुसार केही प्रदेशहरूले मन्त्रालयको संख्या घटाइ पनि सकेका छन्। यसले वित्तिय अनुशासन र सुशासन कायम गर्नेछ, प्रदेशप्रति जनमानसमा देखिएका गुनासोहरू सम्बोधन हुनेछन्,’ उनले भने।

प्रदेशहरूले नीतिगत र स्थानीय साधनस्रोतको अधिकतम परिचालनमा प्रतिस्पर्धा गर्नुपर्ने उनले बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सदन र सडकलाई जोड्दै संसद्‌मा बलियो प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

काठमाडौँ – राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरूले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार

काठमाडौँ – मौसमजन्य विपद्मा परी शुक्रबार अपराह्नसम्म मुलुकभर १ सय ३९ जनाको मृत्यु भएको छ । बाढी, पहिरालगायत विपद्मा परी काठमाडौँ

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले विधान परिमार्जन गर्न ११ सदस्यीय विधान संशोधन सुझाव कार्यदल गठन गरेको छ । बिहीबार पार्टी केन्द्रीय