"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदमा प्रमुख प्रतिपक्षी कांग्रेस कि नेमकिपा ? अब सभामुखले के निर्णय गर्लान ?

प्रकाशित मिति :  ९ माघ २०७९, सोमबार १२:३५


काठमाण्डाै । प्रमुख प्रतिपक्षी दलमा कांग्रेस र मजदुर किसान पार्टी (नेमकिपा) ले दाबी गरेपछि यसको निर्णय सभामुखले गर्नुपर्ने भएको छ । कांग्रेसले प्रमुख प्रतिपक्षी दलले पाउने सेवासुविधा माग गर्दै सङ्घीय संसद् सचिवालयमा निवेदन दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएकाले कांग्रेस प्रमुख प्रतिपक्षी दल हो वा होइन भनेर प्रश्न उठिरहेका बेला कांग्रेसले आफू नै प्रमुख प्रतिपक्षी दल भएको दाबीसहित सेवासुविधा माग गरेको हो । यसअघि नेमकिपाले पनि आफूलाई विपक्षी दलको मान्यता दिन सभामुखलाई निवेदन दिइसकेको छ ।

संविधानविद् र राजनीतिक विश्लेषकहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको पार्टी विपक्षी दल हुन नसक्ने भएकाले कांग्रेसले प्रमुख प्रतिपक्षी दाबी गर्नु संवैधानिक, नैतिक र व्यावहारिक रुपमा नमिल्ने बताउँदै आएका छन् । तर कांग्रेसले भने आफू नै प्रमुख प्रतिपक्षी भएको दाबी गर्दै आएको छ ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरुले सरकार गठनमा नभइ प्रधानमन्त्रीलाई मात्रै समर्थन गरेकाले संवैधानिक रुपमा पनि कांग्रेस नै प्रमुख प्रतिपक्षी भएको दाबी गर्नुभयो । यसअघि प्रतिनिधि सभा बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले सरकारलाई विश्वासको मत नदिएको नेमकिपा विपक्षी दल भएको भन्दै आफूलाई विपक्षी दलको नेता तोक्न माग गरिसक्नुुभएको छ ।

प्रतिनिधि सभामा नेमकिपाबाट उहाँ एक जनामात्र सांसद हुनुहुन्छ । संसद् प्रमुख प्रतिपक्षी दल हुनका लागि सरकारमा र सरकार निर्माणका लागि हुने मतदान प्रक्रियामा समेत सहभागी नभएको संसद्को सबैभन्दा ठूलो दल हुनुपर्ने तथा दलको संसदमा १० प्रतिशत सांसद हुनुपर्ने व्यवस्था छ ।

१० प्रतिशत सांसद नभएको अवस्थामा दलहरुले सहमतिको आधारमा या सभामुखले प्रमुख प्रतिपक्षी तोक्नुपर्ने हुन्छ । संसदमा को प्रमुख प्रतिपक्षी दल भन्ने विषयमा सभामुख र संसद् सचिवालयबाट निर्णय भैसकेको छैन ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमण पश्चात् वेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका

काठमाडौँ । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका बेलामा कतार पनि पानी निर्यातको राम्रो गन्तव्य हुनसक्नेमा सरोकारवालाहरूले