"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उपसभामुखको निर्वाचन माघ ७ गते

प्रकाशित मिति :  ५ माघ २०७९, बिहीबार २०:५५


काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन माघ ७ गते हुने भएको छ । सभामुख पदममा सत्ता गठबन्धनका देवराज घिमिरे निर्वाचित भएसँगै उपसभामुख पदको निर्वाचन कार्यक्रम सार्वजनिक गर्न प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले निर्देशन दिएका हुन् ।

जबराले प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई बिहीबार नै उपसभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका हुन् । उपसभामुख सत्तारूढ गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति भएको बताइएको छ ।

बिहीबारको बैठकले सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेलाई निर्वाचित गरेको छ । उनको पक्षमा १६७ मत आएको छ भने कांग्रेसकी सांसद

ईश्वरीदेवी न्यौपानेले १०० मत प्राप्त गरिन् । नेमकिपाका प्रेम सुवालले घिमिरेकाे पक्ष र विपक्षमा मत नदिई तटस्थमा मतदान गरेका थिए । सभामुखका लागि मतदानमा २६८ सांसद सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न पहिलो चरणमा विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली सङ्कलन गर्ने भएको

काठमाडौँ । निर्वाचन आयोगले छलफल गर्न राजनीतिक दलहरूलाई बोलाएको छ। शुक्रबार बिहान साढे ११ बजे  बैठक बस्नेगरी राजनीतिक दलहरूलाई बोलाइएको आयोगका

काठमाडौँ । निर्वाचन आयोगले विभिन्न राजनीतिक दललाई लेखापरीक्षण सार्वजनिक गर्न अल्टिमेटम दिएको छ। आज बिहीबार विज्ञप्ति जारी गर्दै आयोगले ८२ वटा

काठमाडौं । निर्वाचन आयोगले आइतबार हुने उपनिर्वाचनको आचारसंहिता विपरीतका गतिविधि कडाइका साथ अनुगमन र निगरानी गर्न सरोकारवालालाई निर्देशन दिएको छ