"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

इन्जिनियर साह घुससहित अख्तियारको नियन्त्रणमा

प्रकाशित मिति :  ३ माघ २०७९, मंगलवार १८:४८


काठमाडौं । सप्तरी जिल्ला शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साहलाई निर्माण कार्यको भुक्तानी बापत सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार नियन्त्रणमा लिएको छ ।

साहलाई सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको, कार्यालय, इटहरीबाट खटिई गएको टोलीले सेवाग्राहीबाट एक लाख ४० हजार रुपियाँ घुस लिइरहेको अवस्थामा रकम सहित नियन्त्रणमा लिएको हो । निज उपर थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम -एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । सिराहा कर्जन्हाका तत्कालीन नगरप्रमुख गङ्गा पासमानसहित पाँच जनाविरुद्ध एक करोड आठ लाख रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । 

काठमाडौँ ।  भन्सार प्रणालीको सरकारी अभिलेख नै नष्ट गरी राजस्व चुहावट अभियोगमा विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख ताराप्रसाद सापकोटासहित चार

काठमाडौं । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा. सुनिल कुमार यादवसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा