"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जनकपुर-जयनगर रेल ट्रायल सञ्चालनमा

प्रकाशित मिति :  १ फाल्गुन २०७८, आईतवार १४:०३


जनकपुरधाम । जनकपुर – जयनगर व्यवसायीक रूपमा रेल सञ्चालन हुनु अगाडि ट्रायल सुरू भएको छ। ट्रयाक क्लियर गर्नुका साथै रेलको प्राविधिक अवस्था बुझ्न आइतबारबाट रेलको ‘ड्राइ रन’ सुरू गरेको हो।

आइतवार दिउँसो धनुषाको जनकनन्दनी गाउँपालिकास्थित इनरूवा रेल स्टेशनमा पार्किङ गरी राखिएको रेल जनकपुरधामस्थित कुर्था स्टेशनसम्म पुगेर इनर्वा फर्किएको रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए।

नियमित रेल सञ्चालन अगाडि यात्रु नबोकी ड्राइरन सञ्चालन गरिएको हो। परीक्षणका लागि पहिलो दिन चलाइएको रेलमा महाप्रबन्धक झा, सशस्त्र प्रहरी बल मधेश प्रदेशका प्रमुख डिआइजी गणेश ठाडामगर, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर साह तथा सञ्चारकर्मी सवार थिए।

नियमित रेल सञ्चालनमा अवरोध आउन नदिन आजदेखि उद्घा‌टन नभएसम्म दिनको एक पटक रेल चलाइने झाले बताए। झाका अनुसार रेलको ईन्जिन, बोगी, लिक, ट्रयाक, लाइट, सङ्केतलगायतको परीक्षण गरिएको छ।

‘रेल चलाउन बाधा अवरोध, कुनै समस्या आएन। हामीले जुन स्पीडले चलाईरहेका छौं त्यसले कुन स्टेशन पुग्न कति टाइम लाग्छ त्यो बुझ्न कतै कतै रोकेका थियौं,’ उनले भने।

दुई साताभित्रै दुबै देशका प्रधानमन्त्रीले रेल सेवाको उद्घा‌टन गरिसकेपछि नियमित सञ्चालनको तयारी छ। रेल सञ्चालनका लागि कम्पनीले ८४ जना कर्मचारी नियुक्त गरि तालिमसमेत दिएको छ। पाइलट, को-पाइलट, सिग्नल म्यान, स्टेसन मास्टर, टिकट काट्ने र गेट प्वाइन्टलगायतका पदमा कर्मचारी नियुक्त गरिसकिएका छन्।

५८ जना नेपाली र २६ जना भारतीय कर्मचारीलाई तालीम दिइएको महाप्रबन्धक झाले बताए। आवश्यकता अनुसार ती कर्मचारीलाई विभिन्न स्टेसनमा खटाइएको छ। प्रत्येक स्टेसनमा एक/एक टिकट काट्ने कर्मचारी, २२ गेट प्वाइन्ट, तीन स्टेसन मास्टर र सिग्नलका लागि कर्मचारी राखिएको छ।

भारतीय कम्पनी कोंकणसँग नेपाल सरकारले ८६ करोड रुपैयाँमा दुई सेट डेमो रेल खरिद गरेको थियो। ती रेल करिब डेढ वर्षदेखि धनुषाको जनकनन्दिनी गाउँपालिकास्थित इनर्वा रेल्वे स्टेसनमा राखिएका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको ऊर्जा क्षेत्रको विकास, सम्वर्द्धन र यस क्षेत्रको थप व्यावसायिकताको पक्षमा रहेको बताएका छन् । नेपालका

काठमाडौं । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष ०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम

काठमाडौँ । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीइ

काठमाडौं । सरकारले जेठ १ गते नीति तथा कार्यक्रम पेस गर्ने भएको छ। सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार जेठ १ गते