"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लुम्बिनी प्रदेशमा ६ दिनभित्र सरकार गठन गर्न आह्वान

प्रकाशित मिति :  २१ पुष २०७९, बिहीबार १५:३२


काठमाडौं । लुम्बिनी प्रदेशमा सरकार गठनका लागि आह्वान गरिएको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते अपरान्ह ४ बजे मुख्यमन्त्रीमा दावी पेश गर्न समय सीमा दिएका छन्।

प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढि दलको समर्थनमा बहुमत प्राप्‍त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मु्ख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन्।

लुम्बिनी प्रदेशमा मु्ख्यमन्त्रीमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम लुम्बिनी प्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व  गर्ने दुई वा दुईभन्दा बढि दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि पुस २७ गते अपरान्ह ४ बजेभित्र दावी पेश गर्न आह्वान गरिएको हो।

लुम्बिनी प्रदेशमा ८७ सदस्य छन्। बहुमतका लागि ४४ सांसदको आवश्यकता पर्छ।

यहाँ नेकपा एमालेका २९,नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका १०,राष्ट्रिय प्रजातान्त्रिक पार्टी र नागरिक उन्मुक्ति पार्टीका ४/४,जनता समाजवादी पार्टी,लोकतान्त्रिक समाजवादी र जनमतका ३/३ , राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १/१ र २ स्वतन्त्र सांसद छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पोखारा । गण्डकी प्रदेश सभाले दुई वटा अध्यादेश स्वीकृत गरेको छ । आज (बिहीबार) बसेको प्रदेश सभा बैठकले प्रदेश सरकारबाट

सुर्खेत । कर्णाली सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री राजकुमार शर्माले बुधबार नै मन्त्रिपरिषद विस्तार  गरी मन्त्रीहरुको जिम्मेवारी तोकेका छन्

पोखरा  । गण्डकी प्रदेशमा ७ वटा मात्रै मन्त्रालय बनाउन सत्ता गठबन्धनका दलहरु सहमत भएका छन् । अहिले प्रदेशमा १२ मन्त्रालय

वीरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन् । उनले शुक्रबारको प्रदेशसभा बैठकबाट विश्वासको मत पाएका हुन् ।