"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मधेस प्रदेशसभाको पहिलो अधिवेशन

प्रकाशित मिति :  १८ पुष २०७९, सोमबार ११:११


जनकपुरधाम । मधेस प्रदेशसभाको पहिलो अधिवेशन आज सुरु हुँदैछ । नवनिर्वाचित प्रदेशसभाको पहिलो अधिवेशन आज दिउँसो १ बजेबाट सुरु हुन लागेको प्रदेशसभा सचिवालयले जनाएको छ । 

ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेको अध्यक्षतामा सुरु हुन लागेको अधिवेशनको पहिलो बैठकको सम्भावित कार्यसूचीमा चार वटा विषय रहेका प्रदेशसभा सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो । बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ । 

त्यस्तै प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ अनुमोदन गरियोस् भन्ने प्रस्ताव पेश गर्नुका साथै नियमावलीको नियम ११ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयन हुने सचिव यादवले बताउनुभयो । 

बैठकमा अधिवेशन प्रारम्भ भएको अवसरमा प्रदेशसभामा रहेका दलका प्रतिनिधिले वक्तव्य दिने र नियमावलीको नियम ७ बमोजिम सभामुखको निर्वाचनको मिति तोक्नेसम्बन्धी प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचीसमेत रहेको प्रदेशसभा सचिवालयले  जनाएको छ ।  

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्थानुसार यही पुस १४ गते प्रदेश प्रमुख हरिशङ्कर मिश्रले अधिवेशन आह्वान गर्नुभएको थियो । 

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सिराहा कर्जन्हाका तत्कालीन नगरप्रमुख गङ्गा पासमानसहित पाँच जनाविरुद्ध एक करोड आठ लाख रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । 

काठमाडौं । सरकारले २२ वटा विभिन्न निर्माण र आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले सार्वजनिक

काठमाडौं । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा. सुनिल कुमार यादवसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । वैदेशिक रोजगार कार्यालय ताहाचल अब दैनिक तीन सिफ्टमा सञ्चालन हुने भएको छ। श्रम स्वीकृतिमा ढिलाइ नगर्न श्रम,रोजगार तथा सामाजिक