"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मन्दिर निर्माणमा पनि भ्रष्ट्राचार, अधिकृतविरुद्ध मुद्दा

प्रकाशित मिति :  29 December, 2022 4:45 pm


काठमाडौं । मन्दिर निर्माणका क्रममा भ्रष्ट्राचार गरेको भन्दै सर्लाहीको कविलासी नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिृकत श्यामकिशोर राय, इन्जिनियर रामविनय प्रसाद यादवसहितका कर्मचारीले कविलासी नगरपालिका–८ स्थिति रामजानकी मन्दिर निर्माणका क्रममा नभएको काम भएको भनेर उपभोक्ता समितिलाई ९७ हजार ८४० रुपैयाँ बढी भुक्तानी दिएको अख्तियारको दावी छ ।

फिल्डमा कम काम हुँदा पनि बढी काम भएको भनेर मूल्यांकन गरेको र ९७ हजार ८४० रुपैयाँ बढी भुक्तानी दिएको देखिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।

अख्तियारले सब इन्जिनियर उमेशकुमार दास, उपभोक्ता समितिका अध्यक्ष रामभरोसी मण्डल धानुक, सचिव बालमेश्वर साह कलवार र कोषाध्यक्ष रीनाकुमारी विरुद्ध पनि भ्रष्ट्राचार मुद्दा दायर गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलले नक्कली शैक्षिक प्रमाण पेश गरेर सरकारी सेवाको लाभ लिएको अभियोगमा

काठमाडौँ — पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज