"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बागमती प्रदेश सभा सदस्यले लिए शपथ

प्रकाशित मिति :  १४ पुष २०७९, बिहीबार १६:३२


हेटौंडा । बागमती प्रदेश सभाका नवनिर्वाचित प्रदेश सांसदहरूले बिहीबार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। प्रदेश सभाका ज्येष्ठ सदस्य ७२ वर्षीय रामप्रसाद ढुंगानाले एक सय नाैजना प्रदेश सांसदलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

प्रदेश सभाका १२ जना सांसदले नेवारी तथा तीनजनाले तामाङ भाषामा शपथ लिएको संसद् सचिवालयले जानकारी दिएको छ।  मातृभाषामा शपथ लिने प्रदेश सभा सांसदहरूमा कांग्रेसका तीन, एमालेका चार, माओवादी केन्द्रका पाँच, एकीकृत समाजवादीका एक र हाम्रो नेपाली पार्टीका दुईजना छन्।

सचिवालयका अनुसार कांग्रेसका तर्फबाट प्रदेश सभामा निर्वाचित हरिप्रभा खड्गी, समिता खड्गी र रामचन्द्र महर्जनले नेवारी भाषामा शपथ लिएका छन्। यस्तै, एमालेका प्रेमभक्त महर्जन, रामेश्वर श्रेष्ठ, रघुनाथ महर्जन र प्रकाश श्रेष्ठले पनि नेवारी भाषामा शपथ लिएको सचिवालयले जनाएको छ। यसैगरी, माओवादी केन्द्रका पाँचमध्ये तीनजनाले नेवारी र दुईजनाले तामाङ भाषामा शपथ लिएका छन्।

यसैगरी माओवादीका गंगानारायण श्रेष्ठ, देवेन्द्र श्रेष्ठ र भुवनकेशरी श्रेष्ठले नेवारी तथा राधिका तामाङ र उर्मिलाकुमारी तामाङले तामाङ भाषामा शपथ लिएको सचिवालयले जनाएको छ।

एकीकृत समाजवादीका वसन्तप्रसाद मानन्धर तथा हाम्रो नेपाल पार्टीका दुईजना सदस्यहरू शैलेन्द्रमान बज्राचार्य र सरिता खड्गीले नेवारी भाषामा शपथ लिएका छन्।

एक सय १० सदस्यीय बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुईजना सदस्य छन्।

यसैबीच बागमती प्रदेश सभाको एघारौँ अधिवेशन यही पुस  १८ गते दिनको १ बजे बस्ने गरी मन्त्री परिषद्को सिफारिसमा प्रदेश प्रमुख कार्यालयले आह्वान गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पोखारा । गण्डकी प्रदेश सभाले दुई वटा अध्यादेश स्वीकृत गरेको छ । आज (बिहीबार) बसेको प्रदेश सभा बैठकले प्रदेश सरकारबाट

सुर्खेत । कर्णाली सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री राजकुमार शर्माले बुधबार नै मन्त्रिपरिषद विस्तार  गरी मन्त्रीहरुको जिम्मेवारी तोकेका छन्

पोखरा  । गण्डकी प्रदेशमा ७ वटा मात्रै मन्त्रालय बनाउन सत्ता गठबन्धनका दलहरु सहमत भएका छन् । अहिले प्रदेशमा १२ मन्त्रालय

वीरेन्द्रनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन् । उनले शुक्रबारको प्रदेशसभा बैठकबाट विश्वासको मत पाएका हुन् ।