"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रदेश १ मा एमाले नेतृत्वमा नयाँ सरकार बन्ने सभावना

प्रकाशित मिति :  १२ पुष २०७९, मंगलवार १२:४६


विराटनगर । केन्द्रमा माओवादी केन्द्र र एमालेको नयाँ गठबन्धन बनेसँगै प्रदेश १ मा एमाले नेतृत्वमा नयाँ सरकार बन्ने सभावना बढेर गएको  छ । केन्द्रीय राजनीतिमा ‘युर्टन’ आएसँगै प्रदेश १ मा अब एमालेको नेतृत्वमा माओवादी, जसपा र राप्रपा गठबन्धनको नयाँ सरकार बन्ने सम्भावना बढेर गएको हो । 

एमाले संसदीय दलको नेतामा हिक्मतकुमार कार्की निर्विरोध निर्वाचित भइसकेका छन् । यसैले उनकै नेतृत्वमा प्रदेश १ मा नयाँ सरकार गठन हुने प्रवल सम्भावना छ । किनभने प्रदेश १ मा सबैभन्दा ठूलो दल एमालेनै छ । एमालेले प्रत्यक्षतर्फ  २५ र समानुपातिकमा १५ सिटगरि जम्मा ४० सिट जितेको छ  ।

दोस्रो ठूलो दल कांग्रेसले प्रत्यक्षमा १७ र समानुपातिकमा १२ सहित जम्मा २९ सिट जितेको छ ।  माओवादीले समानुपातिकमा ४ र प्रत्यक्षमा नौ गरि जम्मा १३ सिट जितेको छ । राप्रपाकाले समानुपातिकमा चार र प्रत्यक्षमा दुई गरि जम्मा ६ सिट जितेको छ । जनता समाजवादीले समानुपातिकमा एक सिट जितेको छ । जनता समाजवादीले समानुपातिकबाट १ सिट मात्र जितेको छ । 

प्रत्यक्षबाट ५६ र समानुपातिकबाट ३७ सहित जम्मा ९३ जना सांसद रहेको प्रदेश १ मा सरकार बनाउन बहुमत पुयाउन जम्मा ४७ सिट चाहिन्छ । हाल एमाले ,माओबादी , राप्रपा र जसपाको जम्मा ६० सांसद पुग्ने भएकोले सुबिधाजनक बहुमत हुनेछ । यहाँ राप्रपा र जसपाले साथ नदिएपनि एमाले र माओबादीको ५३ सिट पुग्ने भएकोले सुविधाजनक बहुमत पुग्नेछ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत बनिरहेको बाँकेको सिक्टा सिंचाइ आयोजनामा संलग्न पप्पु कन्स्ट्रक्सन प्रालिलाई नेपाल सरकारले कालोसूचीमा राखेको छ । प्रधानमन्त्री

ताप्लेजुङ) । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा शनिबार एकैदिन छ हजार चार सय ३८ भक्तजन पूजापाठका लागि पुगेका छन् ।

काठमाडौं । विशेष अदालत काठमाडौंले नेसनल गेटवे खरिद प्रकरणमा भएको भ्रष्टाचार मुद्दामा सचिव मधु मरासिनीसहित ८ जनालाई सफाइ दिएको छ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा