"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले दिए राजीनामा

प्रकाशित मिति :  ८ पुष २०७९, शुक्रबार २२:२५


काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन्। नेकपा एकीकृत समाजवादीबाट धादिङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका पाण्डेले बिहीबार शपथ लिएका थिए।

म‌ंसिर ४ को चुनावबाट उनी प्रतिनिधि सभा सदस्य भएपछि मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने माग भइरहेको थियो। उनी २०७४ को चुनावमा प्रदेश सभा सदस्य भएका थिए। पाण्डेले शुक्रबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन्। उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा पत्र बुझाएका हुन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रवक्ता बद्रीबहादुर पाठकले मुख्यमन्त्री पाण्डेले राजीनामा दिएको सेतोपाटीलाई जानकारी दिए।

पाण्डे २०७८ कात्तिक ११ गते बागमतीको मुख्यमन्त्री बनेका थिए। प्रतिनिधि सभा सदस्य बनेपछि उनी नेकपा एकीकृत समाजवादीको संसदीय दलको उपनेतासमेत चयन भइसकेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सिराहा कर्जन्हाका तत्कालीन नगरप्रमुख गङ्गा पासमानसहित पाँच जनाविरुद्ध एक करोड आठ लाख रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ । 

काठमाडौं । सरकारले २२ वटा विभिन्न निर्माण र आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले सार्वजनिक

काठमाडौं । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा. सुनिल कुमार यादवसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । वैदेशिक रोजगार कार्यालय ताहाचल अब दैनिक तीन सिफ्टमा सञ्चालन हुने भएको छ। श्रम स्वीकृतिमा ढिलाइ नगर्न श्रम,रोजगार तथा सामाजिक