"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काँग्रेसले १६ जिल्लाको अधिवेशन तय गर्यो

प्रकाशित मिति :  २८ माघ २०७८, शुक्रबार २२:२५


फोटो स्रोत : नेपाली कांग्रेस केन्द्रीय कार्यालय

काठमाडौं । नेपाली काँग्रेसले पटक पटक सार्दै आएको १६ जिल्लाको अधिवेशन तय गर्यो । काँग्रेसले अधिवेशन हुन बाँकी १६ जिल्लामा फागुन १३ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।  काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले फागुन १३ अधिवेशन गर्ने तय भएको हो ।

उनकाअनुसार फागुन १० गतेभित्र अधिवेशन बाँकी वडा र पालिका, प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन गरिनेछ । पछिल्लो पटक काँग्रेसले माघ १५ गतेलाई अधिवेशनको मिति तोकेपनि कोरोनाका कारण स्थगित गरिएको थियो । त्यसअघि अनिश्चित बनेको अधिवेशन पुनः गर्न काँग्रेस जुटेको हो । 

काँग्रेसको १४ औं महाधिवेशनअघि नै गर्नुपर्ने १६ जिल्लाको अधिवेशन अझै हुन सकेको छैन । ती जिल्लामा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथो पटक पनि विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका छन्। शनिबार पार्टी केन्द्रीय

काठमाडौं । सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउनु पर्ने मागमा विपक्षी दलहरू एकमत भएका छन् । शुक्रबार नेपाली कांग्रेसको

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे आफ्नो जिम्मेवारी निर्वाह गर्न चुकेको प्रतिक्रिया जनाएको छ । बिहीबार प्रतिनिधिसभामा प्रमुख

काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधकाबीच सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल भएको